दलका घोषणा पत्र : जनतालाई भ्रममा राखेर भोट बटुल्ने खेल

डा. डीआर उपाध्याय
Read Time = 14 mins

देशमा राजनीतिक स्थिरता कायम भयो भने मात्र देशको विकास हुन्छ । विगत लामो समयदेखि देशको राजनीति अस्थिर छ । अस्थिर राजनीतिले देशको विकासलाई पछाडि धकेल्छ । सत्ता स्वार्थका लागि राजनीतिक दलका नेताहरू एकआपसमा लडिरहेका छन् । राजनीतिक दलहरू र तिनका नेताहरूमा व्यक्तिगत स्वार्थ बढी देखिएको छ । यसले गर्दा पनि देश पछाडि परेको हो । जनता बिहान-बेलुकाको छाक कसरी टार्ने भन्ने समस्यामा छन् । राजनीतिक दलहरूको कार्यशैली देख्दा आमजनता वाक्कदिक्क भएका छन् । नेपाली समाजले अहिलेको नेतृत्वको कार्यशैली र असक्षमतालाई राम्रोसँग बुझेर बसेका छन् । मुलुक बनाउन अब सक्षम व्यक्ति चुनाव जितेर आउनुपर्छ ।

देशलाई बनाउने हो भने योग्य व्यक्तिलाई चुनाव जिताएर पठाउने काम गरौँ । अब मतदाताको सोच बदलिन जरुरी छ । सक्षमलाई मतदान गर्न अनिवार्य भएको छ । नेपाली समाजले परिवर्तन चाहेको छ । विकास चाहेको छ । अब असक्षम एवं भ्रष्टलाई मत दिने काम कसैले नगरौँ । हामीले देखिरहेका छौँ, विगत तीन दशकदेखि उही असफल नेतृत्व दोहोरिएको छ । अब आममतदाताहरूले सोच्नुपर्ने बेला आएको छ । नेपाली जनताले कहिले नेपाली कांग्रेस, कहिले एमाले र कहिले माओवादीलाई मतदान गरी पालैपालो सत्तामा पुर्‍याएका छन् ।

विगतका पटक-पटकका चुनावमा पनि चुनावी घोषणापत्र जनताले पढेकै हुन् तर ती घोषणापत्रमा लेखेका कुरा कार्यान्वयन भएको पाइँदैन । जनतालाई सधैँ भ्रममा राखेर भोट बटुल्ने खेल राजनीतिक दलहरूले पटक-पटक गरिरहेका छन् । अब जनता पहिले जस्तो झुक्किनु हुँदैन ।

वृद्ध नेताहरू दलको शीर्ष स्थानमा छन् । पुराना दलका नेताहरू अहिले व्यक्तिगत स्वार्थ, पद, प्रतिष्ठा र पैसाका लागि भिडिरहेका छन् । देश र जनताका पक्षमा काम गर्ने दृष्टिकोण नै नभएका नेता र दास मनोवृत्ति भएका कार्यकर्ताका कारण मुलुक पछाडि परिरहेको छ । नेताको कारण नेपालीहरूले दुःख पाइरहेका छन् । तसर्थ, मतदाताले भ्रष्ट, असक्षम नेताहरूलाई पाखा लगाउनुपर्छ । २०७४ सालको आमनिर्वाचनपछि अब केही हुन्छ कि भन्ने अपेक्षा थियो । जनचाहनामा तुसारापात भयो । राजनीतिक दलहरूमा गुट, फुट, विभाजन देखियो । देश हामी सबैको हो । देश बनाउन सक्षम दृष्टिकोण भएको सक्षम राजनीतिक दल र व्यक्ति देशको आवश्यकता हो । सबैको चाहना हो । यो साझा चाहनालाई पूरा गर्न सबैको विवेक आवश्यक पर्छ ।

मुलुकमा राजनीतिक व्यवस्था बदलिए पनि जनताको अवस्था बदलिएको छैन । २०७४ सालको आमनिर्वाचनपछाडि नागरिकहरू राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको पर्खाइमा रहेका थिए । तर, दलका नेताहरू आन्तरिक शक्ति संघर्षमा लागे । त्यसो भएर मुलुकमा यस्तो भद्रगोल अवस्था सिर्जना भएको हो । अब मतदाताले भ्रष्टहरूलाई किनारा लगाउनै पर्छ । यसो गरिएन भने मुलुक बर्बाद हुने निश्चित छ । राजनीतिक दलहरूमा मौलिक सिद्घान्त, निष्ठा, जवाफदेहिता भन्ने नै देखिँदैन ।

यति बेला देशभरि नै चुनावी माहोल तातेको छ । यसै सिलसिलामा विभिन्न राजनीतिक दलहरूले चुनावी घोषणापत्र सार्वजनिक गरिरहेका छन् । घोषणा पत्रमा खासै नयाँ कुरा केही पाउन सकिँदैन । हुन त घोषणापत्र जारी गर्दैमा सबै कुरा पूरा हुन्छन् भन्ने कुनै ग्यारेन्टी छैन । विगतका पटक-पटकका चुनावमा पनि चुनावी घोषणापत्र जनताले पढेकै हुन् तर ती घोषणापत्रमा लेखेका कुरा कार्यान्वयन भएको पाइँदैन । जनतालाई सधैँ भ्रममा राखेर भोट बटुल्ने खेल राजनीतिक दलहरूले पटक-पटक गरिरहेका छन् । अब जनता पहिले जस्तो झुक्किने काम गर्नु हुँदैन । विवेक प्रयोग गरेर मात्र हाम्रा मान्छे होइन, राम्रा मान्छेलाई जिताउने अभियानमा लाग्नुपर्छ ।

त्यसो भयो भनेमात्र मुलुकको भविष्य बन्छ । खराब मान्छेलाई चुनावी माध्यममार्फत ठाउँका ठाउँ रोक्नुपर्छ । पुराना नेताहरूलाई पटक-पटक हेरियो अब युवालाई हेर्न बाँकी छ । युवा नेताहरू देश र जनताको भाग्य र भविष्य निर्माण गर्ने सोचका साथ अघि बढ्नुपर्छ । जनतासँग जे बाचा गरेर भोट मागिन्छ त्यसै गरी चुनाव जितेपछि दायाँबायाँ नगरी बाचाअनुसार काम गरेर देखाउनुपर्छ । पछिल्लो समय आमनागरिकले राजनीतिप्रति त्यति चासो राखेको पाइँदैन । कारण के हो भने राजनीतिप्रति जनतामा वितृष्णा बढ्यो । लामो समयदेखि राजनीतिक दलहरूले देशमा शासन चलाइरहेका छन् तर जनताको अवस्थामा अझै सुधार आउँन सकेको छैन ।

जनताको अवस्था हिजो जस्तो थियो आज पनि त्यस्तै छ । त्यसो भएर जनतामा निराशा उत्पन्न भएको हो । आज दलहरूले लोकतन्त्रमा पनि गठबन्धनको राजनीति गरेका छन् । गठबन्धन गरेर चुनाव लड्ने र चुनावपछि मिलिजुली सरकार बनाउने त्यसपछि मुलुकमा अस्थिरता निम्त्याउने खेल ठूला दलहरूमा देखिएको छ । यसरी मुलुक बन्दैबन्दैन यो कुरा मैले बारम्बार उठाउँदै आएको छु । गठबन्धनको राजनीतिले मुलुकलाई अघि बढाउँन सक्दैन । राजनीतिक दलहरू आआफ्ना सिद्धान्त, विचार र कार्यक्रम लिएर जनतासामु जानुपर्नेमा सिद्धान्त, विचार नै नमिल्ने दलसँग तालमेल गरेर चुनावमा जाँदा जनताले के आधारमा विश्वास गर्ने ? जनताले प्रश्न गर्नुपर्ने भएको छ ।

२०४७ सालदेखि अहिलेसम्म तीनै पुराना नेताहरू पटक–पटक दोहोरिँदै आएका छन् । ती नेताबाट जनताले कुनै आस गरेका छैनन् । फेरि पनि ती पुरानै नेताहरू दोहोरिएर आउनु भनेको देशको प्रगतिलाई पछाडि धकेल्नु हो । सबै राजनीतिक दलहरू मंसिर ४ गते हुन गइरहेको चुनावलाई केन्द्रमा राखेर मैदानमा उत्रिएका छन् । उनीहरू जनतालाई गलत प्रलोभन दिएर मत बटुल्ने काम गरिरहेका छन् । जनताले राजनीतिक स्थिरता, सरकारको स्थायित्व, सुशासन र विकास चाहेका छन् । आगामी निर्वाचनमा पूर्णबहुमत कुनै दलले ल्याउन सक्ने अवस्था देखिँदैन ।

त्यसो भएकोले संसद त्रिशंकु हुन जानेछ, सरकार बनाउने र भत्काउने परम्परागत खेल हुनेछ । गठबन्धन आजको आवश्यकता होइन । किनभने यसले चुनावपछि अस्थिरता निम्त्याउने खतरा छ । राजनीतिक स्थिरता नभएसम्म देशको विकास सम्भव छैन । आममतदाताले सोच्नुपर्ने बेला आएको छ । अहिले राजनीतिक दलहरू चुनावको विषयलाई लिएर ब्यस्त छन् । उनीहरूसँग कुरा गर्ने फुर्सद नै छैन । आज देशभरि चुनावी प्रचार व्यापक रूपमा बढिरहेको छ । निर्वाचनको चटारो सबै दलहरूलाई लागेको छ । अहिले सबै दलहरू चुनावमै केन्द्रित छन् । जनताको मन जित्नेहरूका लागि यो चुनाव अवसर हो, जनतालाई धोका दिनेहरूका लागि यो चुनाव ठूलो चुनौती हो ।

दलहरू जनताप्रति त्यति गम्भीर भएको देखिएन । यो ठूलो समस्या हो । देश र जनताको निम्ति राजनीति गर्छु भन्नेहरू नै बेइमान भए । यो नै समस्या हो । जनतामा बिहान बेलुकाको छाक टार्न धौ धौ परिरहेको अवस्था छ । अब मुलुक बनाउन सबै उठ्नुपर्छ । जनताका प्रतिनिधि देशप्रति इमानदार हुनुपर्छ । जनताका प्रतिनिधि नै बेइमान भए भने देश बिग्रन्छ । आज सत्तारुढ राजनीतिक दलहरू आफ्नै बलबुतामा नभई एकअर्काको बुई चढेर अघि बढ्न खोजिरहेका छन् । यो राम्रो कुरा होइन, आज निर्वाचनको मैदानमा सबै दलहरू होमिएका छन् । सत्ता गठबन्धनले राजनीतिक आधार र औचित्य स्थापित गर्न सकेको अवस्था देखिँदैन । त्यस कारण पनि गठबन्धनमाथि गम्भिर प्रश्न उठेका छन् ।

वास्तवमा चुनावी सत्ता गठबन्धनको राजनीतिक र सैद्धान्तिक आधार नै छैन । यो जनतालाई भ्रम छर्ने खेल हो । चुनावी साझा कार्यक्रम र कार्यनीति सबै जनता झुक्याउने खेल भएका छन् । सत्ता गठबन्धनमा कुनै वैचारिक र राजनीतिक कार्यक्रम छैन ।

वास्तवमा चुनावी सत्ता गठबन्धनको राजनीतिक र सैद्धान्तिक आधार नै छैन । यो जनतालाई भ्रम छर्ने खेल हो । चुनावी साझा कार्यक्रम र कार्यनीति सबै जनता झुक्याउने खेल भएका छन् । सत्ता गठबन्धनमा कुनै वैचारिक र राजनीतिक कार्यक्रम छैन । गठबन्धन सरकारले आजसम्म जनतालाई चित्तबुभm्दो जबाफ दिन सकिरहेको अवस्था छैन । दलहरूका यस्ता संकीर्ण स्वार्थ जनताले बुझेका छन् । जनतालाई चुनावले खासै आशा, उल्लास जगाउन सकेको देखिँदैन । केबल सत्ता नजिक रहेका नेता कार्यकर्ताबीच मात्र चहलपहल बढेको देखिन्छ ।

अन्य आमसर्वसाधारणमा चुनावी रौनक र उल्लास आएको देखिँदैन । लोकतन्त्रमा निर्वाचन भनेको चहलपहल र उल्लास आउने दिन हो । गठबन्धनको संस्कृति, उम्मेदवारको चयन, समानुपातिक उम्मेदवारका मापदण्ड यी सबै गलत छन् । जनतालाई यस चुनावले खासै आशा, उल्लास जगाउन सकेको देखिँदैन । उम्मेदवार चयनका विधि र पद्धतिमा योग्यता क्षमता हेरिएन । पैसा, परिवारवाद, नातागोता, चाकडीर चाप्लुसीको वर्चस्व रहृयो । आज चुनावी मुद्दाले जनतामा आशा उल्लास र भरोसा जगाउन सकेको छैन ।

दलहरूका चुनावी मुद्दा खासै छैनन् । मुद्दाहरू पुरानै छन् । जसले पैसा खर्च गर्न सक्यो, उसैले चुनाव जित्छ । अवस्था यस्तो छ । जनताले सबै दलका गतिविधि र नेताहरूका क्रियाकलाप नजिकबाट नियालिरहेका छन् । सामाजिक सञ्जाललगायत विभिन्न सूचनामार्फत आपूmलाई योग्य मतदाताका रूपमा परिभाषित गर्नसक्ने बनाइसकेका छन् । अब नागरिक निष्क्रिय रैतीमात्र नभई विचार र दृष्टिकोण स्पष्ट रूपमा राख्न सक्ने सामथ्र्यमा पुगिसकेका छन् । हरेक दलको राम्रोसँग परीक्षण गरौँ र असल उम्मेदवार छानौँ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?