पीएम कपमा आज दुई खेल हुँदै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज मंगलबार दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदान र मुलपानी मैदानमा एक एक खेल हुँदै छन्।

विहान साढे ९ बजे टियु क्रिकेट मैदान किर्तिपुरमा हुने खेलमा मधेश प्रदेश र नेपाल पुलिस क्लब भिड्दैछन्। हालसम्म समान तीन खेल खेलेका दुवै टोली प्रतियोगितामा अपराजित छन्।

तीन वटै खेल जितेको पुलिस ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। दुई खेल जितेर एक खेल बराबरी खेल्दै अंक बाँडेको मधेश प्रदेश ५ अंकसहित तालिकाको दोस्रो स्थानमा छ।

आजै विहान साढे ९ बजे मुलपानी क्रिकेट मैदानमा हुने अर्को खेलमा कर्णाली प्रदेश र त्रिभुवन आर्मी क्लब भिड्दैछन्। यसअघि खेलेका तीन वटै खेल हारेको कर्णाली प्रदेश आज पहिलो जितको खोजीमा हुनेछ।

अंकविहीन कर्णाली समूह ‘ए’ को अंकतालिकामा पुच्छारमा छ। तीनमध्ये दुई खेल जितेर चार अंक जोडेको आर्मी तालिकाको तेस्रो स्थानमा छ। आजको खेल जित्दै आर्मी सेमिफाइनलमा स्थान बनाउन चाहन्छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?