Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

प्रचण्डले आज कर्णाली प्रदेशका पाँच चुनावी सभालाई सम्बोधन गर्ने

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

सुर्खेत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनावी अभियानका क्रममा कर्णाली प्रदेशमा व्यस्त हुनुभएको छ । उहाँ आज कर्णाली प्रदेशका तीन जिल्लाका पाँच वटा स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्ने हुनुभएको छ ।

माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसीका अनुसार प्रचण्ड जुम्लाको शेरा खेत र सिंजा, हुम्लाको सर्केगाड तथा कालिकोटको खाँडाचक्र नगरपालिकाको मान्म र रास्कोट नगरपालिकामा हुने सभालाई सम्बोधन गर्ने हुनुभएको हो ।

शेरा खेत र सिंजामा आयोजना हुने सभालाई सम्बोधन गर्न प्रचण्डसहित कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का जाँदै हुनुहुन्छ ।

Ek-nepal-add-2079-5-26-All-media-in-nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?