आम जनसमुदायको म प्रतिकाे भरोसा र विश्वासले मेराे विजय निश्चित छः सुदर्शन बराल

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 12 mins

गुल्मी क्षेत्र नं १ क वाट सत्ता गठबन्धका साझा उम्मेदवार सुदर्शन बराल २०७४ सालको प्रदेश सभामा निर्वाचित हुनुभएको थियो । लुम्बिनी प्रदेशको सामाजिक बिकास मन्त्री समेत हुनुभएको बराल यस क्षेत्रको लोकप्रिय युवा नेता हुनुहन्छ । नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेशको अध्यक्ष समेत रहनु भएका बराल यस पटक पनि गुल्मी १ (क) बाट प्रदेश सभा निर्वाचनमा उम्मेद्धारी दिनुभएको छ । बरालले सत्ता गठबन्धनको बलियो शक्ति रहेको यो क्षेत्रमा आफ्नो जित सुनिश्चीत भएको बताउनु भयो ।

मतदाताहरुमा अघिल्लो कार्यकालमा आफुले सुरु गरेका काम पुरा गर्नको लागि र जिल्लालाई आर्थिक समाजिक र बिकासको दृष्टीले नमुना बनाउने उद्देश्सयका साथ आफ्ना एजेन्डा लिएर मतदासंग गएको उहाँले बताउनु भयो । प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका चन्द्र भन्डारीसहित साझा उम्मेदवारसहित बराल जनताको घर घरमा मतमाग्दै हिड्नु भएको छ। उक्त क्षेत्रमा एमालेले भने चिन्तामणी पान्डेलाई उम्मेदवार बनाएको छ ।

उक्त क्षेत्रमा कुल मतदाता संख्या १ लाख २९ हजार २ सय ८८ रहेका छन, भने १ (ख) ७१७०९ मतदाता संख्या रहेको छ । बरालसंग उहाँको चुनावी एजेण्डा र चुनाव जित्ने आधारका बिषयमा केन्द्रित रहेर रुपन्देही समाचारदाता चन्द्रकान्त खनालले गर्नुभएको कुराकानी ।

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन हुने दिन नजिकिदै गएको छ । तपाई जनतासँग के-के एजेण्डा लिएर जानु भएको छ ?
राजनितिक स्थिरता र राजनितिक स्थिरता मार्फत मुलुकको आर्थिक समृद्धि सामाजिक रुपान्तरण मेराे पहिलो एजेण्डा हो र निर्वाचन क्षेत्रको हिसावले थुप्रै कामहरु भौतिक पुर्वाधार, स्वास्थ्य, शिक्षा कृषि र पर्यटनका कामहरु अगाडी बढेका छन् । कयौं पुरा भएका छन् कयौं निर्माणाधिनमा छन् । यी थुप्रै कामहरुलाई पुर्णता दिनका लागि र नयाँ संभावनालाई वास्तविकतामा वदल्न यो निर्वाचनमा मेरो एजेण्डाको रुपमा रहेको छ ।

तपाई संघिय सांसद र लुम्बिनी प्रदेशको मन्त्रीबन्नुभयो । तपाईपदमाहुँदा के के कामगर्नुभयो ?
संघिय संसद रहँदा मेरो निर्वाचन क्षेत्रको विकासका कामहरु अगाडी बढाएको थिएँ र प्रदेश सरकारको मन्त्री भएर मलाई तिनवर्ष कामगर्ने अवसर प्राप्तभयो र समग्र प्रदेशकै शिक्षा स्वास्थ्य रोजगारी महिलाअपाङ्ग वृद्धसवैको पक्षमाप्रदेशका १२ वटै जिल्ला ५२ निर्वाचन क्षेत्र र १०९ स्थानिय निकायमा न्यायोचित समानुपातिक वितरण प्रणाली गर्ने प्रकारका नितीहरु कानूनहरु निर्माण गर्ने र प्रदेशको विकासका लागि निती रणनिती तयार गर्दै प्रदेशको २० वर्षे रणनैतिक योजना पनि पास गरे।

मुख्यतयाः मेरो मन्त्रालयवाट आधारभुत शिक्षा, स्वास्थ्य, महिला, बालबालिका, सडक बालबालिका, सडक मानवहरु र अपाङ्गहरुको पक्षमा वजेट प्रवाह गर्ने त्यसै गरि युवायुवा खेलाडीहरुलाई प्रोत्साहित गर्ने, उनिहरुलाई काम गर्ने वातावरण तयार गर्ने र संगसंगै मेरो निर्वाचन क्षेत्रलाई जोडेर यहाँका विकासका कामहरु मैले गरें ।

अर्काे मुख्यतयाः कोभिड महामारीकाे समयमा मेरो कार्यकालमा शुरु भयो त्यसको व्यवस्थापनका लागि स्वास्थ्य संस्थाहरुमा, अस्पतालहरुमा एम्बुलेन्स, स्वास्थ्यकर्मीहरुको व्यवस्थालगायतका कामहरु मुख्य रुपमा गरें भन्ने मेरो निष्कर्ष छ ।

तपाईलगायत पाचँदलीय गठबन्धनका साझा उम्मेदवारले चुनाव जित्ने आधार के हो? तपाईहरुले जनतामाझ गरेका प्रतिवद्वताहरु के के हुन् ?
पहिलो कुरा त गठवन्धनको जुनमत रहेको छ त्यो हाम्रो आधार हो र हाम्रो गठवन्धन एकतावद्ध भएर गाउँ टोल सम्मपुगेको छ । यो प्रतिगमनलाई परास्त गर्न सवै दृढ प्रतिवद्ध हुनुहुन्छ, र दोश्रो कुरा मैले यस अगाडी मेरो कार्यकालमा भए गरेका काम कारवाहीहरु वाट विषक्षी राजनितिक पार्टीका नेताकार्यकर्ता र मतदाताले समेत प्रशंसा गर्नु भएको छ । तपाईंले धेरै काम गर्नु भएको छ यस कारण निर्वाचनमा लड्नु पर्छ भनेर यहाँका जनताले भनिरहनु भएको छ त्यो नै मेरो जित्ने आधार हो ।

मतदाताका लागि के के काम गर्नुहुन्छ ? समाजिक बिकास मन्त्री हुनुभयो के गर्नु भयो , क्षेत्रको विकासका लागि तपाईका योजना के के छन् ? औद्योगीक क्षेत्रको समस्या समाधानका लागि तपाईकाे ठोस योजना के छ ?
पहिलो कुरा त साामजिक विकास मन्त्री हुँदा गरेका कामहरुको प्रचार गर्नु पनि हो धेरै कामहरुको शुरु भएको छ ती पुर्ण भएका छैनन् त्यस कारणले नितीगत तहमा, कार्यक्रमको तहमा, वजेटको तहमा, धेरै कामहरु अगाडी बढेका छन् । त्यसलाई पुर्णता दिनका लागि हामीले प्रचार प्रसार गर्नुपर्ने छ भने नयाँ कामहरुको बारेमा आम जनताले सुझाव दिनु भएको छ । मैले आफुले पनि केहि योजना तयार गरेको छु र गुल्मी जिल्लालाई औद्योगिक क्षेत्रमा लैजानका लागि कृष्जिन्य कृषि उद्योगहरु पशुपालनमाआधारित अद्योगहरु निर्माण गर्न सकिने प्रशस्त संभावनाहरु छन् यसलाई मध्यनजर गर्दै हामीले नयाँ सरकार निर्माण भएपछि तुरुन्तै कार्यान्वयनमा लैजाने छौं ।

मुलुक चरम आर्थिक संकटबाट गुज्रिरहेको छ, उद्योग, कलकारखाना बन्द हुदै गएका छन् । उद्योगी व्यवसायी तथा सर्वसाधारण सडकमा आउने अवस्थामा पुगेका छन्, यस्तो अवस्थामा तपाई कसरी मतदातामाझ पुग्नुहुन्छ ?
पहिलो कुरा त कोभिड महामारीको कारणले संसार भरि एउटा प्रकारको आर्थिक संकट देखापरेको छ र त्यसको चपेटामा धेरै मुलुकहरु परेका छन् र प्राविधिक रुपमा त्यसले हामीलाई पनि असर पारेको छ । संगसंगै पहिलो चरणमा रुस र युक्रेनको विचमा भएको युद्ध र तनावको कारणले पैदा भएको केहि संकटहरु छन् त्यसको विचवाट हाम्रो मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि केहि नितीगत ठोस कदमहरु अगाडी बढाउनु पर्ने छ । केहि वैदेशिकलगानीहरुलाई भित्राउनु पर्ने छ त्यसलाई सुनिश्चित गर्नुपर्ने छ ।

विस्तारै अर्थतन्त्र चलायमान हुने दिशामा छ । त्यसलाई एउटा ठोस कार्यक्रमसहित अगाडी बढाउन सकिन्छ र त्यसका लागि निर्वानको लगत्तै एउटा नितीगत निर्णयहरुसहित अगाडी बढने कुरा मैले मतदाता तथा जनसमुदायहरुलाई बताएको छु ।

तपाई नेकपा एमालेका धनाढय नेता संग चुनावी मैदानमा होमिनु भएको छ । चुनाव लड्न कत्तिको सहज महसुस गर्नु भएको छ ?
अहिले हाम्रो एक्काईसौं शताब्दीका नेपाली जनता र हाम्रो निर्वाचन क्षेत्रका जनसमुदाय मतदाता हुनुहुन्छ निकै शिक्षित र सचेत हुनुहुन्छ कोहि धनाड्य ब्यक्तिले पैसा बाडदैमा धन सम्पत्तीको लोभमा विवेक वन्दक राख्नु हुन्न पटक-पटक यो निर्वाचन क्षेत्रका जनताले आफुलाई प्रमाणीत गर्नु भएको छ।

स्थानिय निकायको निर्वाचनमा पनि प्रमाणित गर्नु भएको छ त्यस कारणले कसैको पैसाको वलमा विवेक किन्न खोजेको दुस्साहसलाई मैले ठुलो रुपमा लिएको छैन । आम जनसमुदायको भरोसा छ विश्वास छ त्यो विश्वासलाई टेकेर अगाडी बढेको छु र विजय निश्चित छ ।

प्रदेशको राजधानी दाङ सार्न तपाईंहरुको पनि भूमिका राम्रो रहयो भन्ने छ । यसमा अहिले तपाईको भनाई के छ ?
मैले यस भन्दा अगाडी पनि र अहिले गठवन्धनको सरकारलाई पनि सुझाव दिएको छु । दाङको भालुवाङमा प्रयाप्त मात्रामा पुर्वाधार नहुँदा सम्म हामीले एकआद मन्त्रालयहरु एकआद कार्यालयहरु सारेर काम कारवाहीलाई सहि ढंगले लैजान सकिदैन । त्यसो भएको हुनाले सम्पुर्ण पुर्वाधारहरु तयार गरिसके पछि मात्र राजधानी सार्नु पर्दछ । दोहोरो खर्च हुने स्थिती सृजना गर्नु हुदैन र नयाँ जनादेश आए पछि हामीले त्यो विषयमा छलफल गर्ने छौं । पुर्वाधार सम्पन्न भएपछि बल्ल हामी राजधानी सार्नेकुरा हुन्छ ।

तपाई लुम्बिनी प्रदेशको मुख्य मन्त्री बन्ने चर्चा छ के भन्न चाहनुहुन्छ ?
यस भन्दा पहिले सामाजिक विकास मन्त्री हुँदा गरेको काम र पार्टीको प्रदेश कमिटिको अध्यक्ष भएको हिसावले पनि त्यो प्रकारको अनुमान भएका छन् । मुख्यमन्त्रीको हैसीयतमा योग्य छ भन्ने तर्कहरु आएका छन, विश्वास प्रकट भएका छन्, पाटीको निर्णयको आधारमा मुख्यमन्त्रीको तय हुने छ । म मन्त्री हुँदा गरेका काम वाट जनसमुदाय, मतदाता, गठवन्धन दलका नेता र पाटीले मलाई योग्य देखेको अनुमान छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?