यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Read Time = 2 mins

काठमाडौं । अमेरिकी डलरको भाउमा गिरावट आएको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार सोमबार अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ६१ पैसा र बिक्रीमा १३२ रुपैयाँ २१ पैसा रहेकोमा मंगलबार घटेर खरिदमा १३० रुपैयाँ ७८ पैसा र बिक्रीमा १३१ रुपैयाँ १८ पैसामा झरेको हो ।

यसैगरी युरोपियन युरो पनि घटेको छ । यसअघि एकको खरिददर १३१ रुपैयाँ ११ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७१ पैसा रहेकोमा आज घटेर खरिदमा १३० रुपैयाँ ५८ पैसा र बिक्रीमा १३१ रुपैयाँ १८ पैसा कायम भएको छ ।

अष्ट्रेलियन डलर एकको खरिदमा ८४ रुपैयाँ ५२ पैसा र बिक्रीमा ८४ रुपैयाँ ९१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ३९ पैसा र सिङ्गापुर डलर एकको खरिददर ९३ रुपैयाँ १० पैसा र बिक्रीदर ९३ रुपैयाँ ५३ पैसा रहेको छ ।

जापानी येन १० एकको खरिदमा ८ रुपैयाँ ९२ पैसा र बिक्रीमा ८ रुपैयाँ ९६ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ०९ पैसा र बिक्रीदर १८ रुपैयाँ १८ पैसा, साउदी अरेबियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ८० पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ९६ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९३ पैसा, मलेसियन रिंग्गेट एकको खरिददर २७ रुपैयाँ ५९ पैसा र बिक्रीदर २७ रुपैयाँ ७२ पैसा र साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ ३८ पैसा र बिक्रीमा ९ रुपैयाँ ४२ पैसा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?