अटो दुर्घटनामा बालकको मृत्यु

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

उदयपुर । अटो ब्रेक फेल भएर दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ । सगरमाथा लोकमार्गअन्तर्गत साउनेबाट गाईघाट आउँदै गरेको प्र.१-०५-००१ ह ००२७ नम्बरको अटो दुर्घटना हुँदा पाँच वर्षीय बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

क्षमताभन्दा बढी यात्रु लिएर साउनेबाट गाईघाट आउँदै गरेको अटो सोमबार साँझ त्रियुगा नगरपालिका-१४ दियालेमा दुर्घटना हुँदा नौजना घाइते भएका थिए । घाइतेमध्ये त्रियुगा नगरपालिका-४ बगाहाका तीर्थ मगरको पाँच वर्षीय छोरा नुजल मगरको उपचारको क्रममा जिल्ला अस्पताल गाईघाटमा ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख वरिष्ठ प्रहरी नायब निरिक्षक लोकबहादुर दियालीले जानकारी दिनुभयाे ।

दुर्घटनामा घाइते हुनेहरूमा त्रियुगा नगरपालिका-४ बगाहाका ४७ वर्षीय लीलाबहादुर मगर, ३३ वर्षीय लीला मगर, २६ वर्षीय बालिका मगर, त्रियुगा नगरपालिका-१५ का २९ वर्षीय मानबहादुर मगर, ४४ वर्षीय सहिबहादुर मगर, सहीबहादुरकी ४४ वर्षीया श्रीमती डिकमाया मगर, २० वर्षीय चेतना मगर र १५ वर्षीय राजकुमार मगर रहेका छन् । उनीहरूको जिल्ला अस्पताल गाईघाटमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

अटोमा क्षमताभन्दा बढी सवार रहेकाले पनि ब्रेक फेल भएको हुनसक्ने प्रहरीले जनाएको छ । साउनेबाट गाईघाटतर्फ आउँदै गरेको अटोको अचानक ब्रेक फेल भई सडक छेउको भित्तामा ठोक्किएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?