Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

दुईवटा मोटरसाइकल ठोक्किँदा दुवै चालकको मृत्यु

प्रतिकात्मक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

रुपन्देही । रुपन्देहीको गैडहवा गाउपालिका-२ मा दुई ओटा मोटरसाइकल ठोक्किँदा दुबै चालकको मृत्यु भएको छ ।

लु.५ प ९७ ३२ नम्बरको मोटरसाइकल र लु.७६ प ३३ ७२ नम्बरको मोटरसाईकल सोमबार ठोक्किएका थिए ।

दुर्घटनामा परी गैडहवा गाउँपालिका-२ जोगडा बस्ने २३ वर्षीय सन्तोष पासी र १६ वर्षीय निरज लोधको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका पासीको सिटी अस्पताल भैरहवामा र लोधको भिम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सूर्यपुराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?