विभिन्न स्थानमा सात जना मृत अवस्थामा फेला

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । देशका विभिन्न स्थानमा सात जना मृत अवस्थामा फेला परेका छन् ।

मोरङको मिक्लाजुङ्ग गाउँपालिका-१ बर्खेस्थित खोल्सीमा सोही गाउँपालिका आले बस्ने ४३ वर्षीय मोति बहादुर राई सोमबार मृत अवस्थामा फेला परेका छन् ।

मकवानपुरको भिमफेदी गाउँपालिका-८ कोगटेस्थित दोभान खोलाको ढुंगाको काप्चामा ईन्द्रसरोबर गाउँपालिका-३ काप्राङ बस्ने ५७ वर्षीय संचार थिङ सोमबार मृत अवस्थामा फेला परेका छन् ।

सुनसरीको इटहरी उपमहानगरपालिका-९ विराटनगर लाईनस्थित सोही उपमहानगरपालिका-८ बस्ने ४५ वर्षीय कपिल हरिजन सोमबार मृत अबस्थामा फेला परेका छन् ।

तनहुँको देवघाट गाउँपालिका-२ जरम बस्ने ८० वर्षीय चन्द्र बहादुर थापा आफ्नै घर पछाडी रहेको भिरमा सोमबार मृत अवस्थामा फेला परेका छन् । आइतबार बिहानको खाना खाई घर नजिक रहेको बारीमा जान्छु भनी गएकोमा घर फर्की नआएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।

काठमाडौंको टोखा नगरपालिका-८ बानियाँटार पुल नजिक हाल पहिचान नखुलेका अन्दाजी ४० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

गोरखाको आरुघाट गाउँपालिका-१ साब्चेत सामुदायिक वन र दोरत सामुदायिक वनको सिमानाको जंगलको तीन खापे ढुङ्गाको कप्चेरोमा हाल पहिचान नखुलेका अन्दाजी ४० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

सुनसरीको धरान उपमहानगरपालिका-१८ सुन्दर बजारमा हाल पहिचान नखुलेका अन्दाजी ५० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?