जुम्लाबाट गोमालाई जिताएर पठाउनुस् मन्त्री बनाउने जिम्मा म लिन्छु : प्रचण्ड

विजय रावत जुम्ला, संवाददाता
Read Time = 4 mins

जुम्ला। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार गोमा गौतम कुवँरलार्ई मन्त्री बनाउने प्रतिबद्धता जाहेर गर्नुभएको छ । जुम्ला सदरमुकाम खलगांमा तीन दलिय गठबन्धन जिल्ला स्तरीय निर्वाचन परिचालन समितिले गरेको आयोजना कार्यक्रमलाई सम्बोधन गर्ने जुम्ला पुग्नुभएको अध्यक्ष प्रचण्डले भन्नुभयो,“जुम्लाबाट तपाईहरुले अत्यधिक बहुमतले जिताएर पठाउनुस् जुम्लाको विकासका लागि गौतमलाई केन्द्रमा राज्यमन्त्री होइन अब फुल मन्त्री बनाउने मेरो जिम्मेवारी मेराे हाे। ”

गोमा गौतम कुवँरले वि.स २०७० सालमा सामानुपातिक सभासद हुँदै राज्यमन्त्रीको कुशल जिम्मेवारी बहन गरिसक्नुभएको छ । आफूले विश्वास गरेर छोटो समयमा उहाँलाई पशुपन्छी विकास राज्यमन्त्रीको जिम्मेवारी समेत बनाइसकेको अध्यक्ष प्रचण्डले बताउनुभयो । जुम्लामा उत्पादन हुने विश्वकै अति लोकप्रिय मार्सीधानलाई विश्व बजारसम्म सहज व्यापार गर्नेका लागि मेरो विशेष प्रथामिकता परेको छ । कर्णालीको विकासबारे केन्द्रमा पनि सत्ता गठबन्धनको छलफल हुने गरेको अध्यक्ष प्रचण्डले बताउनुभयो । देशको सविधान रक्षा गर्ने र विकासको अर्को चरणमा लिनका लागि नेपालमा निर्वाचन पछि गठबन्धनको बहुमतको सरकार संचालन हुने अध्यक्ष प्रचण्डले बताउनु भयो ।

उहाँले हँसिया हथौडा, रुख र कलममा भोट हाल्न जुम्ली जनताले हात नकमाउन आग्रह गर्नुभयो । निरंकुशताको विरुद्ध १२ बुँदे हुँदै संघीय लोकतान्त्रिक गणतन्त्र हुँदै प्रतिगमनविरुद्ध एकजुट भएर निर्वाचनमा होमिएको अध्यक्ष प्रचण्डले बताउनुभयो ।

कर्णालीको विकास र रोजगारी सिर्जना गर्नेका लागि मंसिर ४ पछि संघीय सरकारदेखी कर्णाली प्रदेशमा पनि सत्ता गबठन्धनको सरकार संचालन हुने कांग्रेसका उप–सभापति पूर्ण बहादुर खड्काले बताउनुभयो । कर्णालीमा एमालेलाई शुन्यमा झार्ने दिन मंसिर ४ गते भएकोले जुम्लाका गठबन्धन उम्मेदवारलाई जिताउन जुम्ली जनताको काधमा आएको खड्काले बताउनुभयो । कर्णालीको स्वास्थ्य ,शिक्षा खानेपानी र यतायात क्षेत्रमा विशेष बजेटको व्यवस्था गरी प्रदेशका दशवटै जिल्लाको विकासका लागि सत्ता बठबन्धनको सरकारको आवश्यक रहेको उप–सभापती खड्काले जानकारी दिनुभयो । जुम्लामा गबन्धनबाट प्रतिनिधिसभा सदस्यमा गोमा गौतम कुवरँ, प्रदेश सभा (क) मा ललितजंग शाही र प्रदेश (ख) बाट एकिकृत समाजवादीका पदम बहादुर रोकाया चुनावी मैदानमा उत्रिनु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?