पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारमा आवश्यकता नभएपछि उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यलाई मन्त्री पदबाट बर्खास्त गरेको जानकारी दिनुभएको छ।
‘मैले मेरो अधिकार प्रयोग गरेको हुँ । हिजो आवश्यक थियो राख्यौं, अहिले भएन हटाएँ,’ उहाँले भन्नुभयो, ‘यो सामान्य प्रक्रिया हो ।’
मन्त्री आचार्यलाई हटाइएको पत्र मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई मंगलबार दिउँसो पठाउनु भएको छ । पत्रमा कुनै कुरा उल्लेख नगरिएपनि आसन्न निर्वाचनमा एमालेलाई सहयोग गरेको आरोप आचार्यमाथि छ । आचार्यलाई हटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार साँझ नै मुख्यमन्त्रीलाई निर्देशन दिएको बताइएको छ ।
सोमबार पोखरेल गृहजिल्ला नवलपुर भएका कारण मंगलबार आएर हटाउनु भएको हो । आचार्यले आफुलाई मन्त्रीबाट हटाएको समेत जानकारी नभएको बताउनु भयो । ‘के आरोप हो । किन हटाएको हो केही थाहा छैन,’ उहाँले भन्नुभयो, ‘मिडियामा एमालेलाई सहयोग गरेको भनेर सुनेको छु । मैले कसैलाई कतै सहयोग गरेको छैन ।’
आचार्यले आफू अब राजनीतिक रुपमा स्वतन्त्र रहेको बताउनु भयाे । तत्कालीन नयाँ शक्ति पार्टीबाट निर्वाचित वहाँ नयाँ सरकार गठनका बेला मन्त्री मण्डलमा समावेश हुनुहुन्थ्यो । यसअघि पनि सरकार विरुद्ध गतिविधि गरेको आरोपमा हटाउने तयारी गरिएको थियो । तर डा.बाबूराम भट्टराईले नै रोकेपछि उहाँको पद जोगिएको थियो ।
गुरुङले आजै पत्र स्वीकृत गर्दै मन्त्रिपरिषद् हेरफेरको निर्णय गर्नुभएको छ। गण्डकीमा अब ११ सदस्यीय मन्त्रिपरिषद् छ । यसअघि मनोनयनको दिन आचार्यले गोरखा क्षेत्र नम्बर २ (क) बाट बागी उम्मेदवारी दर्ता गराउनु भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच