अहिलेको लडाइँ प्रतिगमनसँग हो : मन्त्री पौडेल

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 3 mins

बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अहिलेको लडाइँ प्रतिगमनकारीसँग रहेको बताउनु भएको छ ।
मंगलबार बागलुङको ताराखोलामा आयोजित चुनावी अभियानलाई सम्बोधन गर्दै मन्त्री पौडेलले प्रतिगमनकारीले लोकतन्त्रलाई समाप्त पार्न खोजेको आरोप लगाउनुभयो ।

मुलुकको विकास र गणतन्त्रको रक्षाका लागि गठबन्धनका उम्मेदवारको जित आवश्यक रहेको भन्दै एमाले अध्यक्ष केपी ओली संविधान विरोधी भएको बताउनुभयो । बागलुङ–२ बाट पाँच दलीय गठबन्धनका साझा उम्मेदवारसमेत रहनु भएका मन्त्री पौडेलले पाँच दल एक ठाउँमा नउभिएको भए ओलीले मुलुकलाई अँध्यारो सुरुङ भित्र हालिसक्ने बताउनुभयो ।

“पाँच दलीय गठबन्धन चुनावका लागि मात्र होइन लोकतन्त्र र संविधान रक्षाका लागि बनेको हो, अहिलेको लडाइँ प्रतिगनकारी र अग्रगमन बीचको हो, केपी ओली प्रतिगामी शक्ति लिएर हिँडेका छन्, उनी देश प्रति इमान्दार छैनन्,” मन्त्री पौडेलले भन्नुभयो–“गठबन्धनले देश र लोकतन्त्र बचाएको छ, हामी एक ठाउँ नउभिएको भए, ओलीले देशलाई अँध्यारो भित्र हालि सक्थे ।”

उहाँले यस क्षेत्रबाट आफूले १५ हजार मतान्तरले जित्ने दाबीसमेत गर्नु भयो । अघिल्लो कार्यकालमा सुरु गरेका योजना पूरा गर्न र यस क्षेत्रको मुहार फेर्नका लागि आफू फेरि एक पटक चुनावमा होमिनु परेको मन्त्री पौडेलले बताउनुभयो । यहाँका जनताले पनि फेरि एक पटक यहीँ ठाउँबाट चुनावमा होमिन आग्रग गरेपछि आफूले स्वीकार गरेको उहाँको भनाई छ ।

मन्त्री पौडेल भन्नुहुन्छ–“मैले सुरु गरेका योजना पूरा गर्न म पफेरि एक पटक यस क्षेत्रका जनतासँग सहकार्य गर्न आएका छु, मैले चुनाव जितिसकेँ, गठबन्धनको मतको हिसाब गर्दा हामी १५ हजार मतले अघि छौं, बागलुङका सबै क्षेत्र हामीले जितिसकेका छौं, औपचारिक घोषणा हुन मात्र बाँकी छ ।”

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?