Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

संविधानको रक्षाका लागि गठबन्धन : चन्द्र भण्डारी

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 2 mins
A A- A+

गुल्मी । गुल्मी क्षेत्र नम्बर १ का गठबन्धन दलका साझा उम्मेदवार डा।चन्द्र भण्डारीले संविधानको रक्षाका लागि गठबन्धन आवश्यक परेको बताउनुभएको छ ।

मंगलबार रेसुंगा नगरपालिका–८ तम्घासमा चुनावी प्रसार–प्रसार भेलालाई सम्बोधन गर्दै नेता भण्डारीले संविधानमा सुनिश्चित भएका उपलब्धीहरुको कार्यान्वयन र रक्षाका लागि गठबन्धनको आवश्यक परेको बताउनुभएको हो ।

सालझण्डी सडक छिट्टै निर्माण हुने बताउँदै भण्डारीले भन्नुभयो, “सिद्वबाबाको बाटोले धेरैको ज्यान लियो । त्यसको विकल्पका रुपमा छोटो र सुरक्षित सडकको रुपमा सालझण्डी सडक गुल्मेली जनतालाई उपहार दिएका हौं । २ वर्षभित्रमा सडकको काम पूरा गछौं।”
२०७० सालमा आफू संविधान सभा सदस्यमा निर्वाचित हुँदा ७३ वटा सडक योजना रातो किताबमा राखेको स्मरण गराउँदै नेता भण्डारीले कतिपय योजना पूर्वसरकारले काटिदिएको समेत जानकारी दिनुभयो ।

सही सोंच र दृष्टिकोण नभएको नेतृत्वका कारण युवाहरू अरब जानुपरेको बताउनुभएको छ ।“संविधानमा जनताका खाना,नाना, शिक्षा, स्वास्थ्यलाई मौलिक हकका रूपमा व्यवस्था गरेको छौं । तर अहिले पनि जनताका आवश्यकता मोटरबाटो, खानेपानी, शिक्षा छन् ।” अब नेपाली जनतालाई निःशुल्क स्वास्थ्य उपचार गराउनुपर्छ भन्ने मुद्वा सदनमा उठ्नुपर्ने बताउनुभयो ।

सोही क्षेत्रका प्रदेश सभा ९ख०का उम्मेदवार धनेन्द्र कार्कीले विकासमा सबैको पहुँच हुने गरी आफूले काम गर्ने बताउनुभयो । अब, खानेपानी, बाटा, शिक्षा, स्वास्थका सम्पूर्ण समस्या समाधान गर्ने गरी विकासमा होमिने बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?