रेडिअन्टको विजयी सुरुवात

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आयोजक रेडिअन्ट पब्लिक बोर्डिङ स्कुलले आठौँ रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइज र गल्र्स दुवैमा सोमबार विजयी सुरुवात गरेको छ । स्युचाटारस्थित घरेलु कोर्टमा ब्वाइजतर्फ रेडिअन्टले इडेन ब्रिज एकेडेमीलाई ३७-१६ ले पराजित गर्‍यो । रेडिअन्टका सुवास गौतमले १४ स्कोर गर्नुभयो । सिनियर ब्वाइजमै पिपुल्सले जुबिलियन्टलाई १४-१३, ग्रिनफिल्डले माउण्ट ग्लोरीलाई ३८-१२ र एचएचसिएले सेन्ट्रललाई ४३-१७ ले हरायो । पिपुल्सका विवेक भण्डारीले सात, ग्रिनफिल्डका सुशान्त कार्कीले २३ र एचएचसिएका पवन मगरले १८ अंक जोड्नुभयो ।

सिनियर गल्र्समा रेडिअन्टले ग्रिनफिल्डलाई २८-४ तथा संस्कृतिले जेसेसलाई २८-८ ले पन्छाए । रेडिअन्टकी प्रशंसा बुढाथोकीले १६ तथा संस्कृतिकी त्रिशा श्रेष्ठले आठ अंक बटुल्नुभयो ।

जुनियर ब्वाइजमा स्किब्सले ग्रिनफिल्डलाई सात-दुई, युनिकले इडेन ब्रिजलाई २०-१६ तथा महामञ्जुश्रीले राइजिङ स्टारलाई १८-चारले पाखा लगायो । स्किब्सका समृत थापा मगरले पाँच, युनिकका सजित रिमालले सात तथा महामञ्जुश्रीका समिर श्रेष्ठले आठ अंक जोड्नुभयो ।

प्रतियोगिताको काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकीले एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । प्रतियोगिताको सिनियर ब्वाइजमा २४ तथा जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १२–१२ टिम गरी जम्मा ४८ टिम सहभागी छन् । फाइनल कात्तिक २९ गते हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?