ब्राजिल र अष्ट्रेलियाको टोली घोषणा

Read Time = 3 mins

रियो । फिफा विश्व कपका लागि पाँचपटकको च्याम्पियन ब्राजिलले २६ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको छ । ब्राजिलका प्रशिक्षक टिटेले विश्व कप सुरु हुन झण्डै दुई साता बाँकी रहँदा अन्तिम टोली घोषणा गर्नुभएको हो ।

घोषित टोलीमा ब्राजिलले गोलरक्षकमा एडरसन मोराएस, एलिसन बेकर र वेभर्टनलाई टोलीमा समेटेको छ । डिफेन्समा अनुभवी थियागो सिल्भा र ड्यानी आल्भेससँगै मार्किन्हस, ड्यानीलो, एडर मिलिसाओ, एलेक्स टेलेस, एलेक्स सान्ड्रो र ब्रेमर टोलीमा हुनुहुन्छ ।

मिडफिल्डमा क्यासेमिरो र फाबिन्होसँगै लुकास पाक्वेटा, फ्रेड, ब्रुनो गुइमराएस र एभर्टन रिबिएरो रहनुभएको छ । आक्रमणमा ब्राजिलसँग धेरै विकल्प रहेको छ । नेयमार, रिचारलीसन, भिनीसियस जुनिअर, एन्टोनि, राफिन्हा, रोड्रीगो, पेड्रो, ग्याब्रिएल जेसस र ग्याब्रिएल मार्टिनेली टोलीमा पर्नुभएको छ ।

फिफा विश्व कप २०२२ मा ब्राजिल समूह ‘जी’ मा रहेको छ । ब्राजिलको समूहमा सर्बिया, स्विटजरल्याण्ड र क्यामरुन रहेका छन् । ब्राजिलले पहिलो खेल मंसिर ८ गते मध्य राती १२ः४५ बजे सर्बियाविरुद्ध खेल्नेछ ।

यस्तै, अष्ट्रेलियाले पनि अन्तिम टोलीको घोषणा गरेको छ । प्रशिक्षक ग्राहम आर्नोल्डले २६ सदस्यीय टोली घोषणा गर्नुभएको हो । अष्ट्रेलिया विश्व कपको समूह ‘डी’ मा फ्रान्स, डेनमार्क र ट्युनिसियासँग रहेको छ । अष्ट्रेलियाले पहिलो खेलमा साबिक विजेता फ्रान्सको सामना गर्नेछ ।

अष्ट्रेलियाको अन्तिम टोलीको गोलकिपरमा म्याट रायन, एन्ड्रयु रेडमायन, ड्यानी भुकोभिच, डिफेण्डरमा अजिज बेहिच, नथानिएल एट्किन्सन, फ्रान कराचिच, काए रोवल्स, हृयारी सटर, बेली राइट, मिलोस डेगेनेक, थोमस डेंग र जोएल किंग मिडफिल्डरमा आरोन मोय, ज्याकसन अर्भाइन, एजडिन हस्र्तितच, राइली मक्ग्री, किनु बाकस र क्यामरन डेभ्लिन रहनुभएको छ ।

यस्तै, टोलीको फरवार्डमा म्याथ्यु लेकी, अवेर माविल, जेमी मक्लारेन, मिचेल ड्युक, मार्टिन बोयल, क्रेग गुडविन, जेसन कमिंगग्स र गारांग कोल रहनुभएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?