फिफा विश्वकप हेर्नका लागि अतिरिक्त शुल्क असुल्ने निर्णयविरुद्ध सर्वोच्चको आदेश

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सर्वाेच्च अदालतले फिफा विश्वकप हेर्नका लागि दर्शकसँग अतिरिक्त शुल्क नलिन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले मंगलबार सोसम्बन्धी रिटको सुनुवाई गर्दै थप ५०० रूपैयाँ अतिरिक्त शुल्क उठाउने मिडिया हब प्रालिको निर्णय कार्यान्वयन नगर्न/नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

मंसीर ४ गते शुरु हुने फिफा विश्वकप फुटबल प्रतियोगिता नेपालमा प्रशारण गर्ने अधिकार पाएको मिडिया हब प्रालिले दर्शकसँग थप ५०० उठाउने निर्णय गरेपछि अधिवक्ताहरू किशोर पौडेल र अनुपम भट्टराईले सो निर्णयमा रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

रिटमा मिडिया हब प्रालि, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, टेलिभिजन सिग्नल सेवा प्रदायक संस्थाहरू, एनआइटिभी स्ट्रिम्ज प्रालि, भायानेट कम्युनिकेशन प्रालि, एडप्याड एक्युजिशन प्रालिलाई विपक्षी बनाइएको थियो ।

यता मिडिया हबले भने सो अनुमति लिन करिब ४० करोड रूपैयाँ बराबर खर्च भएकाले सो शुल्क लगाउने निर्णय गर्नु परेको जिकिर गर्दै आएको छ । सो मुद्दाको टुंगो कात्तिक २७ गतेको सुनुवाईबाट लाग्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?