बेइजिङ । बेलायतका व्यापारनीति मन्त्री ग्रेग हृयान्ड्सको ताइवान भ्रमणलाई लिएर चीनले आपत्ति जनाएको छ । बेइजिङको चेतावनीलाई बेवास्ता गर्दै ताइपेई पुग्ने मन्त्री ग्रेग पछिल्ला विदेशी व्यक्ति बन्नुभएको छ । बेलायतले चीनको सार्वभौमसत्तालाई सम्मान गर्नुपर्ने तथा एक चीन सिद्धान्तलाई समर्थन गर्नुपर्नेमा जोड दिँदै बेइजिङले ताइवानसँग कुनै किसिमको आधिकारिक सम्पर्क कायम नगर्न आग्रह गरेको छ । विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले विदेशीहरूलाई ताइवानमा सम्पर्क विस्तारको प्रयास नगर्न सुझाउँदै स्वायत्त टापुमाथिको चीनको सार्वभौमिकताको सम्मान गर्न आग्रह गर्नुभएको छ ।
बेलाइत सरकारले मन्त्री ग्रेग दुई दिने भ्रमणको क्रममा ताइवान पुग्नुभएको तथा राष्ट्रपति साई इङ-वेनलाई भेटेका बताएको थियो । बेलाइत र ताइवानबीचको २५औं वार्षिक व्यापार वार्ताका सिलसिलामा उहाँ ताइपेइ पुग्नुभएको थियो । ताइवानले हालसम्म १४ राष्ट्रसँगमात्र औपचारिक कूटनीतिक सम्बन्ध कायम गरेको छ । बेइजिङको आग्रहमा संयुक्त राष्ट्रसंघ र अन्य प्रमुख बहुराष्ट्रिय समूहको सदस्य बन्नबाट ताइपेई वञ्चित भएको छ । यद्यपि बेइजिङको निन्दा र धम्कीका बाबजुद ताइवानको लोकतन्त्र फस्टाउँदै गएको छ भने उच्च प्रविधियुक्त अर्थतन्त्रसहित एसिया-प्रशान्त क्षेत्रमा रणनीतिक उपस्थितिले बाहृय जगतबाट उसले बलियो समर्थन प्राप्त गरेको छ ।
केही समयअघि अमेरिका तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमण गरेपछि चीन-अमेरिका विवाद चरमचुलीमा पुगेको थियो भने चीनले ताइवान नजिक क्षेप्यास्त्र प्रक्षेपणसहितको सैन्य अभ्यास गरेर ताइवानलाई दबाउनसक्ने आफ्नो सामर्थ्य प्रस्तुत गरेको थियो । रासस÷एपी ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका