‘लाखे’को टिमद्वारा लाखे नाच प्रस्तुत

Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘लाखे’को टिमले काठमाडौंमा लाखे नाच प्रस्तुत गरेको छ । टिमले सोमबार काठमाडौंको गोंगबुस्थित बिजी मलअगाडि लाखे नृत्य प्रस्तुत गरेको हो । कार्यक्रममा अभिनेता सौगात मल्ल, प्रशान्त ताम्राकार, आर्यन अधिकारीलगायत कलाकारको उपस्थिति थियो । चलचित्रको प्रचारका लागि चलचित्र निर्माण टिमले मुकुण्डो लगाएर चलचित्रको प्रचारका लागि प्रयोग गरेको हो ।

चलचित्रमा सौगात मल्ल, अनुपविक्रम साही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्बा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकारलगायत कलाकारको अभिनय रहेको छ । सुजन प्रजापतिको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको चलचित्रमा अर्जुन जिसीको सम्पादन, आकाश बरालको पटकथा, अनुप न्यौपाने र आकाश बरालको संवाद छ । सिजन अर्यालको कथा रहेको यस चलचित्रमा निर्माता पनि आर्याल नै रहनुभएको छ ।

निर्देशक सम्राट बस्नेतले निर्देशन गरेको यस चलचित्रमा हरि मल्ल ठकुरी कार्यकारी निर्माता हुनुहुन्छ । यो चलचित्र गत शुक्रबारदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आएको छ । कात्तिक १२ गते प्रदर्शनमा आएको चलचित्र महापुरुष हेर्ने दर्शक दोस्रो सातामा पनि बढिरहँदा लाखेले भने सोचेनुसारको दर्शक पाउन सकेको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?