लुम्बिनी बैंक र नेसनल प्याब्सनबीच सहकार्य

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काठमाडौं । लुम्बिनी विकास बैंक र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) मधेश प्रदेश समितिबीच सेवा सुविधा आदानप्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

नेसनल प्याब्सनले मधेश प्रदेशसँग आबद्ध विद्यालयमा कार्यरत शिक्षक, शिक्षिका र कर्मचारीलाई दुर्घटना बिमाका साथै स्वास्थ्य बिमा सुविधा प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौतापत्रमा बैंकतर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नेसनल प्याब्सन मधेश प्रदेश समितितर्फबाट प्रदेश अध्यक्ष डा. नन्दन यादवले हस्ताक्षर गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?