‘४८ घण्टे हृयाकथन एस इग्नाइट’

Read Time = 2 mins

काठमाडौं । व्यवस्थापन संकायको कलेजमध्येको एक एस इन्स्टिच्युट अफ म्यानेजमेन्टले नेपालका प्रतिभाशाली युवाको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले ‘४८ घण्टे हृयाकथन एस इग्नाइट’ आयोजना गर्ने भएको छ । कात्तिक २४ गतेदेखि २६ गतेसम्म कलेजकै प्रांगणमा यस प्रकारको अहिलेसम्मकै पहिलो कार्यक्रम भएको आयोजकको दाबी गरेको छ ।

उपत्यकाभित्र र बाहिर गरी सयभन्दा बढी सहभागी हुने हृयाकथनलाई जिट हब, डेभफोलियो, टास्केड, माइक्रोसफ्ट स्टुडेन्ट लर्न एम्बस्डर, पोलिगन, वल्र्डलिंक, माक्कुसेलगायतका संघसंस्थाले सहयोग गरेको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार एस इग्नाइट नवीनतम् आविष्कार गर्न सक्ने क्षमता भएका नेपाली युवाका लागि एउटा इकोसिस्टम सिर्जना गर्ने प्रयास हो । हृयाकथनमार्फत् वास्तविक संसारका समस्यासँग लड्ने र नेपालमै अवसर पहिचान गर्ने एउटा प्ल्याट्फर्म पनि प्रदान गर्न खोजिएको छ ।

प्रतिभाशाली युवालाई विदेश पलायन हुनबाट रोकी स्वदेशमै करियर बनाउन सकिन्छ भन्ने विश्वास पनि युवामा प्रदान गर्न खोजिएको छ । एस इग्नाइट आइटी, व्यवस्थापन, इन्जिनियरिङ डिजाइनिङलगायत विविध शैक्षिक पृष्ठभूमिका व्यक्ति र उनीहरूका आविष्कारमा केन्द्रित ४८ घण्टे हृयाकथन हो । विजेतालाई उत्कृष्ट नगद पुरस्कारका साथै अन्य आकर्षक उपहारसमेत दिने व्यवस्था गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?