सिद्धार्थको भिसा रेमिट्यान्स सेवा

Read Time = 1 min

काठमाडौं । सिद्धार्थ बैंकले रेमिट्यान्स सेवालाई सरल, सहज र सुरक्षित बनाउन भिसा इन्टरनेसनलसँगको सहकार्यमा भिसा रेमिट्यान्स सेवाको सुरुवात गरेको छ । सेवामार्फत् विश्वका एक सय ८० भन्दा बढी मुलुकबाट स्वदेशी तथा विदेशी ग्राहकले परिवार, आफन्त तथा साथीलाई रेमिट्यान्स पठाउन सक्ने बैंकले जनाएको छ ।

स्वदेशी तथा विदेशी ग्राहकले भिसा रेमिट्यान्समा आबद्ध भएका बैंकको मोबाइल/इन्टरनेट बैंकिङ तथा रेमिट्यान्स कम्पनीमार्फत् भिसा कार्डको १६ अंकको नम्बर प्रयोग गरी उक्त रकम पठाउन सक्ने बैंकले जनाएको छ । त्यसरी भिसा रेमिट्यान्स सेवामार्फत् पठाइएको रकम बैंकले जारी गरेको भिसा डेबिट (लिंक गरिएको बैंक खातामा) तथा क्रेडिट कार्डमा सोझै प्राप्त गर्न सक्ने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?