सिजीका जाडो मौसमका होम अप्लाइन्स

हिमालय टाइम्स
Read Time = 2 mins
A A- A+

काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड सिजी तथा सिजीअन्तर्गतको सिजी मेरिडियाले जाडो मौसमका लागि उपयुक्त नयाँ तथा अपग्रेडेड प्रोडक्ट रेन्ज नेपाली बजारमा ल्याएको छ । कम्पनीले विभिन्न उत्पादन इलेक्ट्रिक केटल, गिजर, हिटर, एसी, थर्मस, डिस्पेन्सर, वासिङ मेसिन तथा माइक्रोवेभ ओभनलगायत थुप्रै सामग्रीमा नयाँ लाइनअपहरू थप्दै उत्कृष्ट प्रोडक्टमा ग्राहकहरूको पहुँच अझै बढाएको छ ।

जाडोमा चिसो पानीले लुगा धुनबाट बच्न सिजी वासिङ मेसिन रहेको छ भने चिसो भएको खानेकुरा शिघ्र तताउन सिजी माइक्रेवेभ ओभन रहेको छ । कोठा तातो राख्न अत्याधुनिक एसीलगायत विभिन्न प्रकारका ओएफआर तथा हृयालोजिन हिटर, पिटिसी फ्यान हिटर, कार्बन हिटर, ग्याँस तथा इलेक्ट्रिक हिटर तथा फ्यान हिटर रहेको कम्पनीले जनाएको छ ।

त्यस्तै, विभिन्न किसिमका इलेक्ट्रिक गिजर तथा ग्याँस गिजर, तातो पानीका लागि विभिन्न डिजाइनका डेस्कटप तथा स्ट्याण्डिङ डिस्पेन्सर रहेका छन् । पानी तातो राख्न प्लास्टिक तथा स्टिलका थर्मस, पानी उमाल्न वाटर बोइलरलगायत हटपट तथा केटल पनि उपलब्ध रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?