कांग्रेसले गर्‍यो ७४ जना बागी उम्मेदवारलाई कारबाही

डिबी शर्मा
Read Time = 13 mins

काठमाडौं । नेपाली कांग्रेसले पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका नेता, कार्यकर्तालाई पार्टीबाट निष्कासन गरेको छ । मंगलबार केन्द्रीय अनुशासन समितिले पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध रहेका उम्मेदवार, प्रस्तावक वा समर्थक भएका ७४ जनालाई पाँच वर्षका लागि निष्कासन गरेको हो ।

पार्टी विधानको धारा ३४ को उपधारा ४ (क) बमोजिम बागी उम्मेदवार, उनका प्रस्तावक र समर्थकलाई पाँच वर्षका लागि पार्टीको अभिलेखबाट हटाउन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले निर्देशन दिनुभएको छ । ‘आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन-२०७९ मा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारविरुद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएमा नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम ५ (पाँच) वर्षका लागि देहायका व्यक्तिलाई सदस्यतासमेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देश गरिन्छ,’ कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

पार्टीबाट निष्कासन हुनेमा केन्द्रीय सदस्य दिनेश कोइराला, पूर्वकेन्द्रीय सदस्य हेमराज तातेड, पूर्वसांसद अमरेशकुमार सिंह, पूर्वराज्यमन्त्री राजेन्द्रबहादुर सिंहलगायत हुनुहुन्छ । उहाँहरू सबैलाई पार्टीको सदस्यसमेत नरहने गरी निष्कासन गरिएको ढुंगानाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यी हुन् पार्टीबाट निष्कासित नेता-कार्यकर्ता
१. मीनाकुमारी गुरुङ, महाधिवेशन प्रतिनिधि एवं नेपाल महिला संघ जिल्ला अध्यक्ष, ताप्लेजुङ ।
२. सन्तमान केरुङ, पूर्व गाउँपालिका अध्यक्ष, पाँचथर ।
३. बालानन्द दाहाल, नेपाल विद्यार्थी संघ जिल्ला अध्यक्ष, धनकुटा ।
४. सुरेशकुमार पोखरेल, क्रियाशील सदस्य, झापा ।
५. फणिन्द्र थापा, क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं २ मोरङ ।
६. जयराज संयोग लिम्बू, महाधिवेशन प्रतिनिधि, मोरङ
७. नन्दु सरदार, क्रियाशील सदस्य, मोरङ ।
८. गोपाल रेग्मी, क्रियाशील सदस्य, मोरङ ।
९. जनार्दन निरौला, महाधिवेशन प्रतिनिधि, मोरङ ।
१०. रोहित सुब्बा, महाधिवेशन प्रतिनिधि, सुनसरी ।
११. प्रेम भट्टराई, महाधिवेशन प्रतिनिधि, सुनसरी ।
१२. दीपेन्द्र घिमिरे, इटहरी उपमनपा वडा नं २ का वडा सभापति, सुनसरी ।
१३. प्रदीप चौधरी, जिल्ला कार्यसमिति सदस्य, सुनसरी ।
१४. धर्मराज पोखरेल, महाधिवेशन प्रतिनिधि एवं पूर्वजिल्ला उपसभापति खोटाङ ।
१५. हेमराज तातेड, महाधिवेशन प्रतिनिधि एवं पूर्वकेन्द्रीय सदस्य, सप्तरी ।
१६. रामलगन साह, सप्तरी ।
१७. विजेता झा, धनुषा ।
१८. हरिशंकर साह, क्षेत्रीय सभापति क्षेत्र नं. ३, धनुषा ।
१९. सन्तोष यादव, धनुषा ।
२०. अमरेशकुमार सिंह, पूर्वसांसद, सर्लाही ।
२१. रोशन यादव, महाधिवेशन प्रतिनिधि, बारा ।
२२. अरुण ज्ञवाली, महाधिवेशन प्रतिनिधि, बारा ।
२३. प्रभु पटेल, महाधिवेशन प्रतिनिधि, बारा ।
२४. अजयकुमार द्विवेद्वी, पूर्वजिल्ला सभापति, पर्सा ।
२५. सुधिर पटेल, क्रियाशील सदस्य, पर्सा ।
२६. चन्द्रकिशोर चौधरी, क्षेत्रीय प्रतिनिधि, पर्सा ।
२७. लीलाबहादुर न्यौपाने, क्षेत्रीय प्रतिनिधि, रसुवा ।
२८. शारदाकुमार (सरोज) न्यौपाने, क्रियाशील सदस्य, रसुवा ।
२९. टीकाप्रसाद काप्री, क्षेत्रीय प्रतिनिधि, धादिङ ।
३०. श्रीकृष्ण जोशी, गोकर्णेश्वर नगर सभापति, काठमाडौं ।
३१. दीपेन्द्र लामा, काठमाडौं ३ (क) ।
३२. मोहन खड्का, काठमाडौं ५ (क) ।
३३. भरत बिडारी, महाधिवेशन प्रतिनिधि, काठमाडौं ।
३४. बलाराम थापा, क्रियाशील सदस्य, काठमाडौं ।
३५. जयराम कार्की, जिल्ला सदस्य, काठमाडौं ।
३६. गोविन्द घिमिरे, क्षेत्रीय प्रतिनिधि, ललितपुर ।
३७. दिपेश केसी, क्रियाशील सदस्य, ललितपुर ।
३८. गंगाराम रिजाल, क्षेत्रीय प्रतिनिधि, ललितपुर ।
३९. रामकुमार जिसी, सुनकोशी गापा वडा नं ३ का इकाइ सभापति, सिन्धुपाल्चोक ।
४०. भक्तबहादुर भण्डारी, सिन्धुपाल्चोक (ख) ।
४१. बद्री चौलागाईं, पूर्वक्षेत्रीय सभापति, क्षेत्र नं २ सिन्धुपाल्चोक ।
४२. दिनेश कोइराला, केन्द्रीय सदस्य, नेपाली कांग्रेस ।
४३. तारा पौडेल, क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं ३ चितवन ।
४४. महादेव गुरुङ, महाधिवेशन प्रतिनिधि, कास्की ।
४५. चित्रध्वज जिसी, क्रियाशील सदस्य, नवलपुर ।
४६. नरबहादुर गुरुङ, पूर्वक्षेत्रीय प्रतिनिधि, क्षेत्र नं २ बागलुङ ।
४७. ललित गुरुङ, जिल्ला कार्यसमिति सदस्य, नेपाली कांग्रेस कपिलवस्तु ।
४८. ध्रुव पुन (दूत कुमार), महाधिवेशन प्रतिनिधि, रुकुम पूर्व ।
४९. सुवास पोखरेल, क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं १ बर्दिया ।
५०. कृष्ण ढुंगाना, पूर्वगाउँ कार्य सभापति, नवलपरासी ।
५१. राजेन्द्रबहादुर शाह, महाधिवेशन प्रतिनिधि एवं पूर्वराज्यमन्त्री, सल्यान ।
५२. देवेन्द्र शाही, जुम्ला ।
५३. धनबहादुर बस्नेत, जुम्ला ।
५४. तारक केसी, नेपाल विद्यार्थी संघ पूर्वकेन्द्रीय सदस्य, रुकुम पश्चिम ।
५५. हर्कजंग बहादुर सिंह, पूर्वजिल्ला पार्टी सभापति, बझाङ ।
५६. गणेश भण्डारी, बझाङ ।
५७. नरेन्द्रबहादुर खड्का, क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं १ डोटी ।
५८. राजन कुँवर, अछाम ।
५९. चन्द्रप्रसाद ढुंगाना, अछाम ।
६०. नृप विष्ट, नगर सचिव कमलबजार नगरपालिका, अछाम ।
६१. केशवबहादुर चन्द, बैैतडी ।
६२. हरिमोहन भण्डारी, बैतडी ।
६३. गिरिराज पाण्डे, कञ्चनपुर ।
६४. दीपकबहादुर सिंह, कञ्चनपुर ।
६५. गोपालसिंह बुुढा, कञ्चनपुर ।
६६. पिताम्बर जोशी, प्रदेश प्रतिनिधि, कञ्चनपुर ।
६७. शारदा चन्द, महाधिवेशन प्रतिनिधि, कञ्चनपुर ।
६८. दुर्गादत्त पाण्डे, कञ्चनपुर ।
६९. मदन नेपाल, कञ्चनपुर ।
७०. भरतकुमार शाही, कैलाली ।
७१. गोविन्दराज जोशी : पूर्वजिल्ला सभापति, कैलाली ।
७२. लक्ष्मण शाही : महाधिवेशन प्रतिनिधि, कैलाली ।
७३. क्षितिज भण्डारी : महासमिति सदस्य, कैलाली ।
७४. विजयकुमार बस्नेत, पूर्वजिल्ला सदस्य, काठमाडौं ।

पूर्वमन्त्री खतिवडामाथि हातपात
नेकपा (एकीकृत समाजवादी)का नेता विरोध खतिवडामाथि हातपात भएको छ । सत्ता गठबन्धनबाट मकवानपुर क्षेत्र नं २ मा उम्मेदवार खतिवडामाथि मकवानपुरको मनहरी गाउँपालिका-४ गोलघरमा मंगलबार हातपात भएको हो । गोलघरमा आयोजना गरिएको गठबन्धनको चुनावी कार्यक्रममा पुग्नुभएका खतिवडालाई हेटौँडा उपमहानगरपालिका-२ चौकीटोलका पुरुषोत्तम खड्काले हातपात गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार पूर्व-स्वास्थ्यमन्त्री खतिवडा गाडीबाट झरी कार्यकर्तालाई भेटघाट गर्ने क्रममा खड्काले हातपात गरेका हुन् । उम्मेदवारमाथि हातपात भएपछि इलाका प्रहरी कार्यालय नेवारपानीले खड्कालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाएको प्रहरीले जनाएको छ । खड्कालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ । खड्काले पुरानो रिसइबीको कारण पिटेको हुनसक्ने प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशका मन्त्री बर्खास्त
गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले बर्खास्त गर्नुभएको छ । आसन्न निर्वाचनमा एमालेको पक्षमा लागेको भन्दै उहाँलाई बर्खास्त गरिएको हो । मन्त्री आचार्यलाई हटाउन मुख्यमन्त्रीले गरेको सिफारिस प्रदेश प्रमुख पृथ्वीमान गुरुङले स्वीकृत गर्नुभएको छ । उक्त मन्त्रालय मुख्यमन्त्री आफैँले सम्हाल्नुभएको छ । आचार्य २०७८ जेठ २९ मा बिनाविभागीय मन्त्रीमा नियुक्त हुनुभएको थियो । पछि असार ११ मा उहाँलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको थियो । आचार्य गत निर्वाचनमा गोर्खाबाट बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीबाट प्रदेशसभामा निर्वाचित हुनुभएको थियो । आफूलाई पार्टीले फेरि उम्मेदवार नबनाएपछि आचार्य असन्तुष्ट हुनुहुन्थ्यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?