टी-२० विश्वकप : पहिलो सेमिफाइनलमा आज पाकिस्तान र न्युजिल्यान्ड भिड्दै

हिमालय टाइम्स
Read Time = 1 min

सिड्नी । आइसिसी टी-२० क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनल आज हुँदैछ । उक्त खेलमा साबिक उपविजेता न्युजिल्यान्ड र पूर्वविजेता पाकिस्तानबीच भिडन्त हुनेछ । खेल सिड्नी क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने दुई बजे सुरु हुनेछ ।

आजको खेल जित्ने टोली फाइनलमा पुग्नेछ । पाकिस्तान सुपर-१२ समूह ‘२’ को उपविजेता र न्युजिल्यान्ड समूह ‘१’ को विजेता हुँदै सेमिफाइनलमा पुगेका हुन् ।

यी दुई देशबीच भएका पछिल्ला पाँच खेलमा पाकिस्तान चार खेलमा विजयी भएको छ ।

पाकिस्तान र न्युजिल्यान्डबीचको एउटै समानता छ, दुवै टोलीका बलर उत्कृष्ट फर्ममा छन् ।

पाकिस्तानले पछिल्लो खेलमा जित निकाल्दा बलरले उत्कृष्ट योगदान दिएका थिए । साहिन साह अफ्रिदी र सदाव खान मुख्य बलर हुन् । न्युजिल्यान्डका ट्रेन्ट बोल्ट, टिम साउथी र लोकी फर्गुसन राम्रो फर्ममा छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?