हिटाकर्मी बूढामगरलाई ज्यानमार्ने धम्की

हिमालय टाइम्स
Read Time = 2 mins

-ध्रुवसागर शर्मा

म्याग्दी । बागलुङका सक्रिय पत्रकार एवम् नेपाल प्रेस युनियन बाग्लुङका सदस्य डम्मर बूढामगरलाई एक अज्ञात व्यक्तिले ज्यान मार्ने धम्की दिएका छन् ।

स्पोर्ट नेपाल नामको फेसबुक आइडीबाट पत्रकार बूढामगरलाई अश्लिल गाली गलोजसहित ज्यान मार्ने धम्की आएको पत्रकार बूढाथोकीले बताउनुभयो ।

गत शुक्रबार राति म्यासेन्जरमा अश्लिल गालीसहित ज्यान मार्ने धम्की आए पछि पत्रकार बूढामगरले प्रहरीमा उजुरी गर्नुका साथै साइबर व्युरोमा समेत उजुरी दिएको जानकारी दिनुभयो ।

व्यक्तिगत रुपमा आफ्नो शत्रु नभएका र धम्कीमा समाचारको विषय पनि नखुलाइएकाले कुन प्रयोजनका लागि धम्की आएको हो भन्नेकुरा खुल्न नसकेको पत्रकार बूढामगरले जानकारी दिनुभएको छ ।

बगलुङको निसिखोला गाउँपालिका वडा नं ४ स्थायी घर भएका बूढामगर विगत ५ वर्षदेखि बागलुङ बजारमा वसेर पत्रकारिता गरिरहनुभएको छ ।

आफूले लेखेका समाचारहरू विशेषगरी विकास निर्माण र खोजमूलक हुने भएकाले समाचारको विषयमा कसैले पनि आपत्ति गर्नु पर्ने ठाउँ नरहेको हुँदा समाचारको विषयमा नभइ अन्य कुनै प्रयोजनका लागि धम्की दिइएको हुनसक्ने पत्रकार बूढामगरले बताउनुभयो ।

जिल्लामा रहेर निश्पक्षरुपमा पत्रकारिता गर्दा ज्यानै लिनेसम्मका धम्की आएपछि असुरक्षित महशुस भएको पत्रकार बूढामगरको भनाइ छ । सम्वन्धित निकायले धम्कीदिने व्यक्तिको खोजी गरी कारवाही गर्न उहाँले माग गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?