एकृकित समाजवादी जुम्ला एमालेमा समाहित भएको छैन: केन्द्रिय सदस्य बुढा

विजय रावत जुम्ला, संवाददाता
Read Time = 4 mins

जुम्ला । एकृकित समाजवादी पार्टी जुम्ला नेकपा (एमाले) मा समाहित नभएको समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा जुम्ला जिल्ला सह-इन्चार्ज तिर्थ बहादुर बुढाले बताउनुभयो । मंगलबार पत्रकार सम्मेलन मार्फत केन्द्रिय सदस्य बुढाले भन्नुभयो,“बहुमत समाजवादीको जिल्ला कमिटिको सदस्य एमालेमा समाहित भएको समाचारमा कुनै सत्यता छैन । सिमित व्यक्ति आफ्ना व्यक्तिगत शर्त पुरागर्नका लागि मात्र एमालेमा प्रवेश गरेकाछन् । समाजवादी जुम्ला पार्टीका सवै जिल्ला कमिटिदेखी आमकार्यकर्ता पार्टीमै रहेको केन्द्रिय सदस्य बुढाले जानकारी दिनुभयो ।

सत्ता गठबन्धनतर्फ समाजवादी बाट प्रदेश सभा सदस्य (ख) का उम्मेदवार पदम बहादुर रोकायाले जुम्लामा समाजवादी पार्टी कायम नै रहेको छ । केही व्यक्ति एमालेमा प्रवेश गरेको मात्र हो । एमालेमा समाहित भएको हल्ला मात्रै हो । यो गबन्धन विरोधि क्रियाकलाप हो । यसले चुनावी माहोललाई कुनै असर नगर्ने प्रदेश सभा उम्मेदवार रोकायाले बताउनुभयो ।

केन्द्रिय सदस्य तथा जिल्ला सह-इन्चार्ज बुढाको हस्ताक्षर प्रेस विज्ञप्तिमा भनिएको छ, नेकपा एमाले जिल्ला कमिटि जुम्ला र नेकपा एकिकृत समाजवादी जिल्ला कमिटि जुम्ला विच कथित पार्टी समायोजन भन्ने कुरा प्रति नेकपा एकिकृत समाजवादी जिल्ला कमिटि जुम्ला ठुलो आपत्ती प्रकट गर्दछ । पार्टी समायोजनको सम्बन्धमा कुनै प्रकारको प्रारम्भिक कमिटि जिल्ला कमिटि, प्रदेश कमिटि र केन्द्रिय कमिटि मातहतका कुनै पनि कमिटिमा छलफल र निर्णय नभएको जानकारी गराउदछौ । राजनितिक प्रणालीमा संस्थागत निर्णयलाई नै आधिकारीकता मान्ने कुराको कतै दोसाध नहुने सर्वविधितै छ ।

सो विज्ञप्ति अनुसार ,सम्पुर्ण नेकपा एकिकृत समाजवादीसंग आवद्ध जिल्ला कमिटि मातहतका सम्पुर्ण कमिटि र पार्टीका सम्पुर्ण जनबर्गीय तथा पेशागत कमिटिहरु कुनै पनि समयोजना नभएको र यथास्थानमै क्रियाशिल रहेको ब्यहोरा प्रेस विज्ञप्ती मार्फत समाजवादी पार्टी जुम्लाले जनाएको छ । नेकपा एकीकृत समाजवादी पार्टीले जुम्ला र कर्णाली प्रदेश कमिटीका विभिन्न जिम्मेवारीमा रहेका नेताहरुलाई निष्काशनको घोषणा गरेको छ । पार्टी महासचिव डा.वेदुराम भुसालले सोमबार जारी गरेको विज्ञप्तिमा नेताहरु देवीलाल थापा, आदीप्रसाद न्यौपाने, नन्दराम रोकाया, रतनबहादुर रोकाया र धर्मराज रावललाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिएको समाजवादी पार्टीले जनाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीलाई विजयी गराउन होकिएको अवस्थामा जुम्ला जिम्ला र कर्णाली प्रदेश कमिटीको विभिन्न जिम्मेदवारीमा रहेका उनीहरुले पार्टीविरोधी शक्तिहरुसँग साँठगाँठ गर्दै पार्टीका विरुद्ध षड्यन्त्रमा संलग्न रहेकाले साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिएको महासचिव भुसालको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?