डडेल्धुरामा आज प्रसिद्ध उग्रतारा मेला 

टेकराज अवस्थी डडेल्धुरा, संवाददाता
Read Time = 3 mins

डडेल्धुरा । हरेक वर्ष लाग्ने सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिर मेला ‘देहिजात’ डडेल्धुरामा आज भव्य रुपमा सम्पन्न हुँदैछ ।

प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात (रतेडी)मा छचोडा, खनमडा, दुमडा र जिलोडा भ्राण (भण्डार) बाट देउरो भगवती मन्दिरमा लगिन्छ र दोस्रो दिन (दिँउसेडी) मेला लाग्ने गर्दछ ।

जिल्ला सदरमुकामबाट ४ किलोमिटर दुरीमा रहेको प्रसिद्ध उग्रतारा परिसरमा महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा पूजाअर्चना र दर्शन गर्ने लाखौं भक्तजनको घुँईचो लाग्ने गरेको छ ।

देहिजाँतको रूपमा मानिने उग्रतारा भगवती मेलामा सुदूरपश्चिम प्रदेशका पहाड र तराइृका जिल्ला, कर्णाली तथा छिमेकी देश भारतबाट समेत हजारौँको संख्यामा श्रद्धालु भक्तजन हरेक वर्ष पुग्ने गरेको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले जानकारी दिनुभयाे ।

किम्बदन्तीअनुसार २५ सय वर्ष पहिला हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएपछि त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको जनविश्वास छ । वर्षमा एकपटक र एक दिन भव्य रूपमा लाग्ने उग्रतारा माताको दर्शन गरेमा दैवी प्रकोप नहुने, सुख प्राप्ति, मनोकामना पूरा हुने जनविश्वास रही आएको छ ।

परिवारजन, ईष्टमित्र, साथीसंगी तथा बिभिन्न व्यक्तित्वसँगको अपूर्व भेटघाट र दुःख सुख साँटासाँट गरिने सुदूरपश्चिमको जनजीवन झल्किने यो मेलालाई डडेल्धुराबासीले बिशेष पर्वकै रुपमा पनि मनाउने गर्दछन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?