धनकुटा । छथर जोरपाटी गाउँपालिका-३ काजिमाने पिङडाडा बस्ने ६२ वर्षीय भगिश्वर लिम्बुलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ४० वर्षीय तेज बहादुर लिम्बु छन् । उनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
आफ्नै घरमा बसिरहेका भगिश्वरलाई तेजबहादुरले खुकुरी प्रहार गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त खबर प्राप्त हुनासाथ प्रहरी चौकी छथर जोरपाटीबाट खटिएको प्रहरीले उनलाई खुकुरीसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका