सोलु माप्यको विकासलाई पूर्णता दिनु मेरो जिम्मेवारी होः बलबहादुर केसी

हिमालय टाइम्स
Read Time = 2 mins

सोलुखुम्बु । सोलुखुम्बुबाट सत्तारुढ गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कांग्रेसका बलबहादुर केसीले आफूले थालेको माप्यको विकास निर्माण कार्यलाई पूर्णता दिनु आफ्नो कर्तव्य रहेको बताउनुभएकाे छ ।

माप्य दुधकोसी-६ वाकुमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले माप्यसहित समग्र सोलुको विकासका लागि आफू क्रियाशील हुँदै आएको र बाँकी रहेका कार्यलाई पूर्णता दिने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयाे ।

करिब दुई तिहाइ मत पाएको तत्कालीन केपी ओली नेतृत्वको सरकारले जनताको अधिकारलाई बन्चित गर्ने कार्य गरेको भन्दै आक्रोशित हुँदै उहाँले ठूलो त्याग र बलिदानीबाट प्राप्त राजनीतिक उपलब्धि र संविधानलाई नै नामेट पार्न ओली सरकार क्रियाशील भएको आरोप लगाउनुभयाे ।

जनताको छोरा छोरी राष्ट्र प्रमुख बन्नेगरी बनाइएको संविधानलाई नै नामेट पारेर एकलौटी व्यवस्थाका मालिक ज्ञानेन्द्र शाहको दोस्रो रुप बन्न ओली खोजेको नेता केसीको भनाइ छ ।

प्रतिगमनका सबै मतियारलाई परास्त गरी अग्रगामी नवीन सोच समुन्नत राष्ट्र बनाउने योजनाका साथ आफू क्रियाशील रहँदै आएको भन्दै उहाँले यसका लागि जनताको साथ र सहयोग आवश्यक पर्ने बताउनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?