कालीकोट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आगामी मंसिर चार गते हुने निर्वाचनमा जनतासँग मत माग्ने नैतिकता नभएको बताउनुभएको छ ।
बाम लोकतान्त्रिक गठबन्धनले कालीकोटको मान्ममा आयोजना गरेको चुनावी सभालाई सम्वोधन गर्दै प्रचण्डले २०७४ सालमा एमालेसँग तालमेल र पार्टी एकता गर्दा केपिमा सुधार आएको भन्ठानेपनि ओलीले एम्बुस थापेर बसेको पाइएको बताउनुभयो ।
‘उहाँले नेपाली जनताको त्याग र तपस्याबाट प्राप्त संविधानलाई च्यात्न एम्बुस थापेर बसेका रहेछन् । दलित, महिला, जनजाती तथा पिछडिएका वर्गले नयाँ संविधानमार्फत पाएको अधिकार खोस्न चाहेका रहेछन् । त्यसैले दुइ दुई पटक प्रतिनिधि सभा भंग गराए ।’ प्रचण्डले भन्नुभयो, ‘यस्ता काम गर्ने ओलीलाई अब मत माग्ने कुनै अधिकार छैन् । जनताले ओलीलाई सोध्न आवश्यक छ, कम्युनिष्ट पार्टी धुजा धुजा पार्नेलाई किन भोट दिने ? संविधानले दिएको अधिकार ओलीमार्फत लुटाउन किन भोट दिने ?’
ओलीले संविधान मिचेर अपराध गरेको बताउँदै मत माग्नुपूर्व संसद भंग गर्नु गलत थियो भनेर जनतासमक्ष मागी माग्नुपर्ने समेत बताउनुभयो ।
प्रचण्डले कर्णालीलाई आगामी बन्ने गठबन्धनको सरकारले देशैभरमा पहिलो प्राथमिकतामा राख्ने बताउनुभएको छ । ‘कर्णाली करिडोरको स्तरोन्नती गर्छौं । फूकोट जलविद्युत आयोजनालाई चाँडै सम्पन्न गराउँछौं ।’ उहाँले भन्नुभयो, ‘कर्णालीलाई बजेटमा पहिलो प्राथमिकता दिन्छौं र कर्णालीमा सबैभन्दा पछि परेको कालीकोटलाई विशेष प्राथमिकता दिएर बजेट निर्माण गर्छौं ।’
अध्यक्ष प्रचण्डले कर्णाली प्रदेशको सफल मुख्यमन्त्री महेन्द्रबहादुर शाही भइसकेको बताउँदै आगामी निर्वाचनमा उहाँलाई जिताए क्याविनेट मन्त्री बनाउने आश्वासन समेत दिनुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका