शेयर बजारको ओरालो यात्रा जारी

Read Time = 2 mins

काठमाडौं । बुधबार नेप्से परिसुचक राताम्मै भएको छ । नेपाल स्कट एक्सचेन्जका अनुसार आज शेयर बजार २ प्रतिशतले घटेको हो । १८५ कम्पनीहरूको कारोबार हुँदा जम्मा चार वटा कम्पनीको सेयर वृद्धि भएको छ भने १८१ कम्पनी घाटामा गएको नेप्सेले जनाएको छ ।

बुधबार ३६ लाख ९७ हजारभन्दा बढी कित्ता सेयर किनबेच हुँदा एक अर्ब ४० करोड ७३ लाख ९५ हजार बढीको कारोबार भएको नेप्सेले जनाएको छ । यस्तै, माथिल्लो हेवाखोला जलविद्युत आयोजना २७ अंक, नविल ब्यालेन्स फण्ड ०।३३ अंकले मात्र वृद्धि भएको छ ।

साथै, समृद्ध लघुवित्त वित्तिय संस्था ६ करोड ७८ लाख २७ हजारभन्दा बढी रुपैयाँको कारोबार भएको र शिभव् सिमेन्टमा भने ६ करोड ८ लाख ४९ हजार ३१९ रुपैयाँको कारोबार भएको नेपाल स्कट एक्सचेन्जले जनाएको छ ।

आज सबै उपसुचक राताम्मै भएको छ । माइक्रो फाइनान्स ११९.४६, जीवन बिमा १९९.९५, विकास बैंक ११०.९७, हाइड्रो पावर ५३.०६, होटल तथा पर्यटन ५६.११, अन्य ३४.५५ ले घटेको छ । त्यस्ते बैंकिङ १४.०४, ट्रेडिङ १७.६८, फाइनान्स ७७.६८, निर्जीवन बिमा १४४.३६ अंकले ओरालो लागेको नेप्सेले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?