हुम्लाको नाम्खामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 2 mins

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । नाम्खा गाउँपालिका–५ स्थित यारीको बुका पाल्वाङमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ भने २ जना यात्रु घाइते भएका छन् ।

सिमकोटबाट यारीका लागि गएको बा.१८ च १४१७ नम्बरको बोलेर जिप आज बिहान करिब ११ बजे दुर्घटना हुँदा नाम्खा गाउँपालिका– ५ यारी गाउँका २८ वर्षका कुुंगा तान्जेन लामाको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्युु भएको हो । घाइते हुनेमा नाम्खा गाउँपालिका– ५ यारी गाउँका ३१ वर्षका जिक्मेत तामाङ, चालक नाम्खा गाउँपालिका–१ को हेक्पा गाउँका २२ वर्षका कुन्जोक लामा हुन । चालक लामा सामान्य घाइते भएका छन् । स्टेरिङ फेल भएपछि सडकबाट तीन सय मिटर तल जिप खसेको प्रहरीले जनाएको छ ।

घाइते लामाले प्रहरी चौकी यारीलाई घटनाबारे जानकारी गरेपछि ६ जना प्रहरी उद्धारका लागि घटनास्थल पुुगेको प्रहरीले जनाएको छ ।
घाइते दुुवै जनालाई हेलिकोप्टरबाट सदरमुुकाम सिमकोटमा उद्धार गरी अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ । एकजनाको टाउकोमा चोट लागेको छ भने एक जनाको अवस्था सामान्य रहेको जिल्ला अस्पताल हुम्लाका सिनियर अनमी सरिता बोहराले बताउनुभयो ।
घाइते दुबैजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?