बैतडी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड ) ले बिस्तृत शान्ति सम्झौता, १२ बुँदे सम्झदारी संविधान सभाको नेतृत्व गर्नेहरु गठबन्धन रहेको बताउनु भएको छ ।
बुधबार बैतडीको पाटनमा लोकतान्त्रिक बाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘संविधानको रक्षा , राजनितीक स्थीरता , आर्थिक बिकास र समृद्धि यो गठबन्धनको मुख्य एजेन्डा हो , आर्थिक समृद्धि क्रान्तिका निमित्त गठबन्धन अघि बढेको हो ’ त्यसकारण आउँदो पाँच बर्ष यो गठबन्धन चल्छ,चल्छ ।
सुदूरपश्चिमको जिवनमा बिद्युतीकरण मार्फत ठुलो परिर्वतन ल्याउन सम्भव त्यसकारण ति परियोजनाको काम अघि बढाउन आवश्यक पहल गर्ने पनि आश्वासन दिनुभयो ।
चुनावी सभालाई सम्बोधनका क्रममै सुदूरपश्चिमको आर्थिक बिकासका सधै प्रतिवद्ध रहेको बताउदै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी बजेटमा सेती महाकालीलाई बिशेष प्राथमिकता राखिने पनि बताउनुभएको छ । नेकपा माओवादी केन्द्रका प्रतिनिधीसभा सदस्यका पदका उम्मेदवार नरेन्द्र कुवँर विजयसुन्दर लाई विजयी गराउनुभयो भयो भने राम्रो बिकास मन्त्री बनाउने समेत आश्वासन दिनुभयो ।
सोही सभामा बोल्दै प्रधानमन्त्री एवं नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेश गौरवका आयोजनाहरु बन्ने बताउनुभएको छ ।
प्रदेशको आर्थिक समृद्धिसंग जोडिएका पञ्चेश्वर परियोजना र पश्चिम सेती परियोजना बन्नेमा ढुक्क हुन समेत आग्रह गर्नुभयो । ‘पश्चिम सेती परियोजनाको काम अघि बढीसकेको छ , पञ्चेस्वर बहुउदेश्यीय परियोजनाका लागि भारत सरकार सकारात्मक देखिएकाले उक्त बहुउदेश्यीय परियोजनाको काम आगामी सरकारले सुरु गर्नेछ ’ उहाँले भन्नुभयो ।
यस्तै चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले बैतडीको झुलाघाट नाका मोटरेवल पुल बन्ने पनि बताउनुभयो । ‘सिमानाका झुलाघाटमा मोटरेवल पुल अतिआवश्यक छ , हामी जसरी पनि मोटरेवल पुल बनाएरनै छोड्छौ’ देउवाले भन्नुभयो । यसैगरी पाटन नमुना शहर निमार्ण लागि पहल गर्न पनि बताउनुभयो ।
बैतडीमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) संयुक्तरूपमा गठबन्धन गरेर चुनावी मैदानमा छन् । गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर) प्रदेशसभा (१) मा नेपाली कांग्रेसका वीरबहादुर विष्ट र प्रदेशसभा (२) मा नेपाली कांग्रेसका शिवराज भट्ट चुनावी मैदानमा छन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका