काठमाडौं । काठमाडौंको नारायण गोपाल चोकमा सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर ३ नारायण गोपाल चोकबाट करिब ५० मिटर पश्चिमतर्फ वसुन्धरा सडक खण्डमा ट्रक र स्कुटर ठक्कर खाँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरूमा कास्कीका ४७ वर्षीय बेलबहादुर राना र ४१ वर्षीय कल्पना राना मगर रहेको प्रहरीको भनाइ छ ।
प्रहरीले दुर्घटनामा भएको ना ८ ख.१८४१ को ट्रक चालक चितवन राप्ती नगरपालिकाका २५ वर्षीय राम हमाललाई नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका