जुम्लाको सिंजा र कनकासुन्दरी गाउँपालिकामा नमुना मतदान

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई ध्यानमा राखेर जिल्ला निर्वाचन कार्यालय जुम्लाले जिल्लाका दुई स्थानीय तहमा नमुना मतदान कार्यक्रम बुधबार सुरु गरेको छ ।

सिंजा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकामा नमुना मतदान कार्यक्रम सुरु भएको जिल्ला निर्वाचन कार्यालय जुम्लामा प्रमुख महेश शर्माले जानकारी दिनुभयो ।

सिंजा गाउँपालिकामा ३७ जनाले नमुना मतदान गरेकोमा ८ मत बदर भएको छ । कनकासुन्दरी गाउँपालिकामा ४८ जनाले मतदान गरेकोमा १२ मत बदर भएको निर्वाचन कार्यालय जुम्ला सुचना अधिकारी अविन्नद चौलागाईले बताउनुभयो । उक्त मतदानमा ८५ जना सहभागि भएका भएका थियो । नमुना मतदानमा जम्मा २० मत बदर भएकाछन् । दुबै स्थानिय तहको बदर भएका मतपत्र केलाएर हेर्दा छाप लगायर मतपत्र पट्याउन नजानेको, दुईकोठामा छाप लगायको र दुई चिन्हमा छाप लगाएको देखिएको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।

नमुना मतदानले बदर मतको संख्या घटाउनका लागि सहयोग पुग्ने जिल्ला निर्वाचन परिचालन समितिले जनाएको छ । जिल्लाका सबैवडामा मतदाता शिक्षा सञ्चालन भएको र नमुना मतदानबाट पनि मतदानका बिषयमा जानकारी दिने लक्ष्य लिइएको जिल्ला निर्वाचन कार्यालय जुम्लामा प्रमुख शर्माले जानकारी दिनुभयो । जिल्लाभर कुल १०६ मतदान केन्द्र ,८३ वटा मतदान स्थल र दुई अस्थाई मतदान स्थल कायम गरिएको छ ।

जिल्लाको कुल ६८ हजार ६३८ मतदाता संख्या रहेको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । प्रदेश सभा निर्वाचन (क) मा ३६ हजार ७८३ जना र प्रदेशसभा (ख) मा ३१ हजार ८५५ जना मतदाता रहेको कार्यालयले जनाएको छ । जिल्लामा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?