काठमाडौं । संस्कृति आठौँ रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्युचाटारस्थित आयोजक रेडिअन्टको कोर्टमा संस्कृतिले न्यु भिजनलाई १३-६ ले पराजित गर्यो ।
संस्कृतिकी प्रत्युशा तुलाचनले चार अंक जोड्नुभयो । डिफेण्डिङ च्याम्पियन निम्सले विल्सन एकेडेमीलाई २१-७ तथा रिब्सले ग्रिनफिल्डलाई ६-५ ले हरायो । निम्सकी पिना लिम्बूले १३ तथा रिब्सकी नौसिका लिम्बूले ४ स्कोर गर्नुभयो ।
सिनियर ब्वाइजमा विस्डमले माउण्ट ग्लोरीलाई २०-१६, पुष्प सदनले पिपुल्स एकेडेमीलाई ४३-३०, साबिक विजेता निम्सले नवीन ज्योतिलाई ५१–६ तथा ओसिसले विल्सनलाई ४७-२८ ले पन्छायो । विस्डमका अजित बस्नेतले ८, पुष्प सदनका शिरीष शाक्यले २०, निम्सका आयुश खड्काले १२ तथा ओसिस सुरेश रोकाले २८ अंक जोड्नुभयो ।
जुनियर ब्वाइजमा सिर्जना ज्ञान सागरले ओसिसलाई ४-१ तथा ग्रिनफिल्डले लोक आदर्शलाई २०-८ ले पाखा लगायो । सिर्जनाका मिसन गोलेले २ तथा ग्रिनफिल्डका पुजन उप्रेतीले १० स्कोर गर्नुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका