अर्जेन्टिनाले विश्वकप जित्ने भविष्यवाणी

Read Time = 2 mins

काठमाडौं । फिफा विश्वकप २०२२ कतारको उपाधि अर्जेन्टिनाले जित्ने अनुमान गरिएको छ । यसअघि पनि अनुमान मिलाउँदै आएको विश्वप्रसिद्ध भिडियो गेम फिफा-२३ यसपटक उक्त अनुमान गरेको हो । विश्व फुटबलका महान् खेलाडी लियोनल मेस्सीको टोली अर्जेन्टिना यसपटकको उपाधि दाबेदार टोली पनि हो ।

इलेक्ट्रोनिक आर्ट्स (इए) ले फिफासँग आधिकारिकता खरिद गरेर यो भिडियो गेम बनाएको हो । जुन विश्व फुटबलमा नम्बर १ मानिन्छ । यसअघि सन् २०१०, २०१४ र २०१८ मा पनि इएको फिफा खेलले गरेको अनुमान सही साबित भएको थियो ।

फिफाले प्रतियोगिताको समूह विभाजनअनुसार नै गरेको सिमुलेसनबाट फाइनल अर्जेन्टिनाले जित्ने नतिजा निस्किएको फिफा-२३ ले जनाएको छ । यसअघि उक्त भिडियो गेमले सन् २०१० मा स्पेन, सन् २०१४ मा जर्मनी र सन् २०१८ मा फ्रान्सले विश्वकप जित्ने अनुमान गरेको थियो । नतिजा पनि सोहीअनुसार आएपछि यस अनुमानमा धेरैले विश्वास गर्ने गरेका छन् ।

यसपटक सिमुलेसनमा अर्जेन्टिनाले फाइनलमा ब्राजिललाई १-० ले हराएको देखिन्छ । अर्जेन्टिनाले सेमिफाइनलमा फ्रान्सलाई र ब्राजिलले पोर्चुगललाई हराएको छ । जर्मनी क्वाटरफाइनलमा ब्राजिलसँग पराजित भएको छ ।

फिफाको सिमुलेसनअनुसार अर्जेन्टिनाकै कप्तान लिओनेल मेस्सी प्रतियोगिताको सर्वाधिक गोलकर्ता बन्ने देखिएको छ । प्रतियोगितामा मेस्सीले सात खेलमा आठ गोल गरेको देखिएको छ । यस्तै, सिमुलेसनअनुसार टिम अफ द टुर्नामेन्टमा अर्जेन्टिनाका एमिलियानो मार्टिनेज, मार्कस अकुना, लिआन्द्रो पारेडेस र रोड्रीगो डे पल हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?