भुटानलाई हराउँदै नेपाल साफ महिला यू-१५ च्याम्पियनसिप शीर्ष स्थानमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । भुटानलाई १-० गोलले हराउँदै नेपाल जारी साफ महिला यू-१५ च्याम्पियनसिप फुटबलको अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ । बुधवार भएको खेलमा नेपालले भुटानलाई १-० गोलले हरायो । नेपालको जितमा सेनु परियारले निर्णायक गोल गर्नुभयो ।

४९ औं मिनेटमा सेनुले गरेको गोलमा नेपालले तीन अंक प्राप्त गरेको हो । तीन टोली मात्र सहभागी प्रतियोगितामा नेपालले तीन खेलबाट नौ अंक जोडेको छ ।

दोस्रो स्थानमा रहेको बंगलादेशको तीन खेलबाट ६ अंक छ । नेपालले अब राउन्ड रोबिनको अन्तिम खेलमा शुक्रबार बंगलादेशसँग खेल्ने छ । तालिकाको शीर्षस्थानमा रहने टोलीले उपाधि जित्ने छ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?