बेलायती अभिनेता लेस्ली फिलिप्सको निधन

Read Time = 2 mins

लण्डन । बेलायती अभिनेता लेस्ली फिलिप्सको निधन भएको छ । फिलिप्सको ९८ वर्षका उमेरका निधन भएको हो । ‘हृयारी पोटर’ सिरिजमा महत्वपूर्ण भूमिका निभाउने अभिनेता लेस्ली लामो समयदेखि बिरामी हुनुहुन्थ्यो र रोगसँग लडिरहनु भएको थियो ।

लेस्लीको सोमबार सुतिरहेका बेला निधन भएको हो । लेस्लीको जन्म २० अप्रिल १९२४ मा लण्डनमा भएको थियो । ‘हृयारी पोटर’का कारण उहाँ युवापुस्तामाझ निकै लोकप्रिय हुनुहुन्थ्यो । उहाँले आफ्नो करियरमा दुई सयभन्दा बढी चलचित्रमा काम गर्नुभएको छ । चलचित्रबाहेक उहाँले टिभी र रेडियोमा पनि काम गर्नुभएको छ । लेस्ली दिग्गज बेलायती अभिनेताको सूचीमा गनिनुहुन्थ्यो ।

हृयारी पोटरबाहेक लेस्लीलाई ‘क्यारी अन’ चलचित्रका लागि पनि चिनिन्थ्यो । क्यारी अन चलचित्रमा लेस्लीका संवाद मानिसलाई निकै मनपरेको थियो । चलचित्रमा उहाँका संवाद आज पनि चर्चित छन् । लेस्ली आफ्नो आइकोनिक वान लाइनर्सका लागि पनि प्रशंसकबीच चर्चित हुनुहुन्थ्यो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?