मिर्गाैला प्रत्यारोपणमा किस्टको सफलता

Read Time = 3 mins

काठमाडौं । ललितपुरस्थित किस्ट मेडिकल कलेज तथा अस्पतालले पछिल्लो डेढ वर्ष अवधिमा ५० वटा मिर्गाैला प्रत्यारोपण गर्न सफल भएको छ । कलेजले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मिर्गाैला प्रत्यारोपणमा छोटो समयमा ठूलो सफलता हासिल गर्न सफल भएको जनाएको हो । कलेजका अनुुसार मिर्गाैला प्रत्यारोपण गर्ने अधिकांश ३० देखि ४० वर्ष उमेरका रहेका छन् भने दान गर्ने ५० वर्षभन्दा माथि रहेका छन् ।

प्रत्यारोपणपछि बिरामी पुरानै अवस्थामा फर्किन सक्ने कलेजका चिफ युरो एण्ड ट्रान्सप्लान्ट सर्जन डा. नारायण भुसालको दाबी छ । भुसालका अनुसार कलेजले डेढ वर्षमा गरेको मिर्गाैला प्रत्यारोपणमा सबै बिरामी सामान्य जीवनमा फर्किएका छन् । कलेजले सरकारबाट २०७७ मिर्गाैला प्रत्यारोपण अनुमति प्राप्त गरेको थियो भने २०७८ वैशाखदेखि प्रत्यारोपण कार्य सुरु गरेको थियो ।

कलेजका अनुसार नेपालमा वार्षिक तीन हजार मानिसमा मिर्गाैला फेल हुने गरेको समस्या देखिए पनि सरकारी र निजी क्षेत्रका अस्पताल सबैको प्रयासबाट झण्डै तीन सयको मात्रै प्रत्यारोपण हुने गरेको छ । सरकारको सूचीकृत अस्पतालमा झण्डै १० हजार मिर्गाैला रोगीले डाइलासिस गराइरहेका छन् । सरकारले मिर्गाैला डाइलासिसका लागि पनि आर्थिक सहयोग उपलब्ध गराउने गरेको छ । किस्टले नाफाभन्दा पनि बिमारीलाई सेवा दिने उद्देश्यले प्रत्यारोपणका लागि चार लाख रुपैयाँ शुल्क निर्धारण गरेको दाबी गरेको छ ।

चिफ युरो एण्ड ट्रान्सप्लान्ट सर्जन डा. नारायण भुसालका अनुसार मिर्गाैला प्रत्यारोपण गरेको बिरामीले जीवनभरि नै केही औषधि खानुपर्ने हुन्छ । जसको खर्च पहिलो तीन महिनासम्म ३० हजार र त्यसपछिका महिनामा १० हजारका दरले खर्च हुने गर्छ । नेपालमा झण्डै ३० लाख मानिसमा मिर्गौलासम्बन्धी समस्या रहेको बताइन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?