नयाँ सेगवे ई ११० एल स्कुटर

Read Time = 2 mins

काठमाडौं । सेगवे-नाइन बटले नेपालमा इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर श्रेणीमा थप नयाँ-सेगवे ई ११० एल सार्वजनिक गरेको छ । सेगवे ई-स्कुटर मध्यमदेखि लामो दूरीको यात्राका लागि अत्याधुनिक, कुशल इलेक्ट्रिक स्कुटर हो । जसमा विभिन्न इण्डष्ट्री लिडिङ उत्कृष्ट फिचर समावेश गरिएको छ ।

२४ सय वाटको अधिकतम् मोटर पावर र ७२ भी २४ ए ब्याट्री क्षमतासाथ ई-स्कुटरले एक सय १० किलोमिटरभन्दा बढी माइलेज दिने कम्पनीको दाबी छ । आई हब प्रालि नेपालमा सेगवे-नाइन बटको आधिकारिक आयातकर्ता र वितरक हो ।

कम्पनीका अनुसार स्कुटर सिट लक, ब्याट्री कम्पार्टमेन्ट लक र टेल बक्ससहित शतप्रतिशत कीलेस छ । छोटो दूरीका लागि उपयोगी सवारीसाधन बनाउने विश्वप्रसिद्ध सेगवे नाइनबट कम्पनी सन् १९९९ मा अमेरिकाको बेडफोर्ड एनएचमा स्थापना भएको थियो ।

नाइन बट बेइजिङमा २०१२ मा स्थापना भएको रिसर्च एण्ड डेभलपमेन्ट, उत्पादन, बिक्री र सेवालाई एकीकृत गर्ने एक अत्याधुनिक छोटो दूरीको यातायात उपकरण अपरेटर हो । २०१५ मा सेगवे र नाइनबटले रणनीतिक संयोजन पूरा गरेपछि सेगवे-नाइनबट अस्तित्वमा आएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?