मलावीमा हैजाले २०० जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

मलवी । हैजाले मलावीमा २०० जनाको मृत्यु भएको छ । देशको सबैभन्दा खराब प्रकोप मध्ये एकको संक्रमण गत महिना शिखरमा पुगेपछि कम हुन थालेको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।

गरीब दक्षिणी अफ्रिकी देशले मार्चदेखि ७ हजार ४९९ जनामा संक्रमण देखिएको रेकर्ड गरेको छ, जुन राष्ट्रसंघका अनुसार १० वर्षमा राष्ट्रलाई प्रभावित गर्ने सबैभन्दा ठूलो प्रकोप भएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले मंगलबार १७४ नयाँ संक्रमण रिपोर्ट गरिएको बताएको छ । अक्टोबरको तेस्रो हप्तामा दैनिक २०० भन्दा बढीमा संक्रमण देखिएको थियो । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?