बाजुरामा भूकम्पको धक्का

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

बाजुरा । सुदूरपश्चिम प्रदेशको बाजुरामा भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान बिहान ५ बजेर १३ मिनेटमा बाजुराको खप्तड छेडेदह गाउँपालिकाको काँडाबाट ३ किलोमिटर पश्चिम केन्द्रबिन्दू बनाएर भूकम्प गएको हो ।

भूकम्प ४।१ म्याग्निच्युडको रहेको केन्द्रले जनाएको छ । बुधबार र मंगलबार खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्रबिन्दू बनाएर तीनवटा भूकम्प गएका थिए ।

बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको ६।६ म्याग्निच्युडको भूकम्पले डोटीको पूर्वीचौकी गाउँपालिका गैरागाउँमा घर भत्किँदा ६ जनाको मृत्यु भएको थियो । भूकम्पको धक्काले १० वटा घर भत्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?