भाेजपुरमा आगलागी हुँदा बालकको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

भोजपुर । भोजपुरमा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा एक बालकको मृत्यु भएको छ । जिल्लाको हतुवागढी गाउँपालिका–५ शान्त कुमार राईको घरमा गएराति ग्यास लिक भएर आगलागी भएको हो ।

आगलागीबाट शान्त कुमारका ६ वर्षीय छोरा आयुष राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आगलागीमा परि राईकी श्रीमती र छोरा घाइते हुनुभएको थियो ।

बालकको उपचारका क्रममा धरान घोपा क्याम्पमा मृत्यु भएको हो । आमाको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?