काठमाडौं । पत्रकार सरोजराज अधिकारी काठमाडौंको एक होटलमा मृत फेला पर्नुभएको छ । अधिकारी बुधबार साँझ सुन्धाराको एक होटलमा मृत फेला पर्नुभएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
सुन्धाराको सिद्धार्थ होटलको कोठाभित्र उहाँ झुण्डिएको अवस्थामा फेला पर्नुभएको हो ।
प्रहरीले फोन ट्रयाकिङसँगै आफन्तलाई साथै लगेर होटलहरूमा समेत खोजतलास गर्ने क्रममा सिद्धार्थमा इन्ट्रि भएको देखिएको थियो। त्यसपछि उहाँ बसेको होटलको कोठामा श्रीमतीसहित पुग्दा कोठा भित्रबाटै बन्द थियो। त्यसपछि प्रहरी र आफन्तले ढोका फोडेका थिए।
भित्र झुण्डिएको अवस्थामा उहाँ फेला पर्नुभएको थियो । प्रारम्भिक रुपमा उहाँले आत्महत्या गरेको देखिए पनि अन्य हिसावबाट पनि अनुसन्धान भइरहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी भरत बोहराले जानकारी दिनुभयो ।
प्रहरीले घटनाबारे थप अनुसन्धान सुरू गरेको जनाएको छ।
कान्तिपुर, नयाँ पत्रिका, नेपाललाइभ जस्ता पत्रिकामा काम गरिसक्नुभएका अधिकारीका ‘धम्बोजी’, ‘नोराु’, ‘जासुसीको जालो’ र ‘चक्रव्यूहमा चन्द्रसूर्य’ किताब प्रकाशित छन्।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच