अबको युग डिजिटल करेन्सीको, ठगिने कि जोगिने छनौट तपाइँको

हिमालय टाइम्स
Read Time = 16 mins
A A- A+

-विनोद अधिकारी

काठमाडौं । पैसाले अहिलेको समयमा यति महत्व पायो कि अब मानव जीवनको निम्ति प्राणपछिको प्रिय वस्तु संभवतस् पैसा नै हुन पुगेको छ। यथार्थमा पैसा वस्तु विनिमयको साधन हो र यसले जीवनपद्धतिलाई धेरै सजिलो बनाइदिएको छ। भौतिक रूपमा प्रयोग गरिँदै आएको त्यही पैसा अब क्रमशः विद्युतीय मुद्राको रूपमा परिणत हुँदै गएको छ र यसलाई डिजिटल करेन्सी भन्ने गरिएको छ।

विद्युतीय स्वरूपमा प्राप्त गरिने मुद्रा डिजिटल करेन्सी हो। यसैलाई डिजिटल मनी, इलोक्ट्रोनिक मनी, साइबर क्यास आदि पनि भनिन्छ। यो अभौतिक मुद्रा हो। यो देखिँदैन तर विद्युतीय विधिबाट यसको कारोबार भने गरिन्छ। फिजिकल करेन्सी भनेको देखिने भौतिक मुद्रा (नोट तथा सिक्का) हो, जसको लेनदेन भौतिक स्वरूपमै हुन्छ।

वास्तवमा पैसा मानवसँगै जन्मिएको होइन। मानव विकासको क्रमसँगै विकास भएको वस्तु विनिमय प्रणाली (बार्टर सिष्टम) सजिलो उपजको रूपमा आविष्कार भएको वस्तु हो। समयसँगै यसका रूप फेरिएका छन्। यसको कारोबार गर्ने, प्रयोग गर्ने तरिका पनि फेरिएका छन्। त्यसैको फलस्वरूप अहिले एटिएम् कार्ड, क्यूआरकोड, पिओएस् जस्ता विभिन्न माध्यमबाट पैसाको कारोबार हुन थालेको छ।

इसापूर्व ५०० वर्षबाट नेपालमा पैसाको चलन आएको बुझिन्छ। सुरूमा सिक्का पैसा वस्तु विनिमयको माध्यम बन्यो। सुरूको अवस्थामा सिक्काहरू माटाका भएको तथ्य भेटिन्छ। टिकाउ र प्रयोग गर्न अझ सजिलो बनाउने क्रममा सिक्काहरू धातुबाट बनाउन थालिए। यस्ता धातुका सिक्काहरू गह्रौं हुने भएकाले ढुवानी गरी यत्रतत्र पुर्‍याउन सजिलो होस् भनी बीचमा प्वाल भएका सिक्काहरू प्रचलनमा ल्याइएको विषय पनि नेपाली सिक्काहरूको इतिहासबाट स्पष्ट हुन्छ।

समयको परिवर्तनसँगै नेपालमा पैसाको प्रयोगलाई सहज बनाउन विक्रम सम्वत् २००२ बाट सिक्काका साथसाथै कागजी नोटको पनि सुरूवात भयो। अहिले नेपालमा साना दरका सिक्का पैसाहरूको केही प्रयोग भैरहेको भए पनि मूलतस् भौतिक मुद्रा (फिजिकल करेन्सी) को रूपमा नोटहरूकै चलन छ। यसका साथै सूचना प्रविधिको तीव्र विकासका कारणले विद्युतीय मुद्राको प्रयोग दिनानुदिन बढ्दै गएको छ। नेपाल सरकारले पनि विद्युतीय मुद्राको प्रयोगलाई बढावा दिँदै आव २०७९/०८० को बजेटमा वित्तीय कारोबारलाई विद्युतीय प्रणालीमा आधारित बनाइने र पूर्ण डिजिटल बैंक स्थापना गर्न आवश्यक व्यवस्था मिलाइने कुरा उल्लेख छ।

सन् २००८ को विश्वव्यापी आर्थिक संकटको अवस्थापछि संसारमा डिजिटल बैंकहरू खुल्न थालेको र २०१४ पछि बढ्दो क्रममा रहेको देखिन्छ। कोरोनाको महामारीले डिजिटल बैंकिङ् कारोबारमा मानिसको चासो र सहभागिता बढाउन झन् सहयोग पुर्यायो। अहिले संसारभरि यसको प्रयोग ह्वात्तै बढेको छ। नेपालको सन्दर्भमा गत वर्ष २०७८ मंसिरको तथ्यांकलाई आधार मान्दा करिब ४५ सय एटीएम् काउण्टर छन् र एक करोड हाराहारीमा एटीएम् कार्डहरू वितरण भएका छन्। ३ करोड ९४ लाख बैंक खाता छन् र आधाभन्दा बढीले मोबाइल बैंक प्रयोग गर्ने गरेका छन्।

विद्युतीय बैकिङको माध्यमबाट अहिले रजिष्ट्रेशन तथा सेवाशुल्कहरू, सवारी कर, जरिवाना आदि भुक्तानी गर्न मिल्छ। शिक्षण संस्था, होटल, रेष्टुरेन्ट, हवाइ तथा बस, रेल, सिनेमा आदिका शुल्क तिर्न तथा टिकटहरू किन्न पनि विद्युतीय विधिबाटै गर्न मिल्छ। बिजुली पानी आदिको बिल भुक्तानी देखि खाद्यान्न, लुगाफाटा, औषधि लगायतका वस्तुहरू किनमेल गर्दाको पैसाको भुक्तानी पनि यही विधिबाट गर्न सकिन्छ। त्यसैले पनि यसको प्रयोग निरन्तर बढ्दो छ।

विद्युतीय माध्यमबाट गरिने कारोबारले समयको बचत हुने, पैसाको सुरक्षा हुने, वित्तीय गोपनीयता कायम हुने, कारोबारमा पारदर्शिता हुने, सेवा विश्वसनीय तथा छिटो छरितो हुने, कारोबारको अभिलेख हुने जस्ता धेरै फाइदाहरू छन्। पैसाको कारोबार वा लेनदेन सम्वन्धी आपराधिक क्रियाकलापहरूको न्यूनीकरण गर्न, नोटको छपाइ खर्च र देशका विभिन्न ठाउँमा नोटहरूको ढुवानी गर्न लाग्ने खर्चको बचत गर्न पनि यसले सहयोग पुर्‍याएको छ। त्यसैले विद्युतीय विधिबाट गरिने पैसाको कारोबारले देशको समुन्नतिरसमृद्धि प्राप्तिमा ठूलो योगदान पुर्याउन सक्छ।

विद्युतीय माध्यमबाट गरिने कारोबारले समयको बचत हुने, पैसाको सुरक्षा हुने, वित्तीय गोपनीयता कायम हुने, कारोबारमा पारदर्शिता हुने, सेवा विश्वसनीय तथा छिटो छरितो हुने, कारोबारको अभिलेख हुने जस्ता धेरै फाइदाहरू छन्। पैसाको कारोबार वा लेनदेन सम्वन्धी आपराधिक क्रियाकलापहरूको न्यूनीकरण गर्न, नोटको छपाइ खर्च र देशका विभिन्न ठाउँमा नोटहरूको ढुवानी गर्न लाग्ने खर्चको बचत गर्न पनि यसले सहयोग पुर्याएको छ। त्यसैले विद्युतीय विधिबाट गरिने पैसाको कारोबारले देशको समुन्नति/समृद्धि प्राप्तिमा ठूलो योगदान पुर्‍याउन सक्छ।

डिजिटल बैंकिङ्‌का धेरै फाइदाहरू छन्, तर यसको प्रयोगका लागि केही कुरा वा शर्तहरू पनि आवश्यक पर्छन्। जसलाई यसका चुनौतिका पक्षहरू पनि भन्न सक्दछौं। जस्तैस् यसको प्रयोगका लागि केही प्राविधिक ज्ञान, सीपको आवश्यकता पर्छ। त्यसैले सामान्य पढलेख गर्न नसक्ने मानिसहरूको लागि समस्या आउन सक्दछ। नेटवर्किङ्को क्षमता भएका मोवाइलहरू वा कम्प्युटरको पनि आवश्यकता पर्छ। यसको अर्को अपरिहार्य पक्ष भनेको नेटवर्क अर्थात् इन्टरनेट प्रणाली हो। इन्टरनेट नहुँदा सामान्य एस्।एम्।एस्। बाहेक अन्य सेवा लिन सकिँदैन। भौतिक पैसा अर्थात् नोट वा सिक्काको प्रयोगमा बानी परिरहेको अवस्थामा डिजिटल कारोबारप्रति विश्वास जगाउन आवश्यक चेतना विस्तार गर्नुपर्ने हुन्छ। कारोबार गर्दा भुलवस रकम बढी वा कम हुन (पोष्ट हुन) गयो भने, कम हुँदा असमझदारी वा झगडा हुने र बढी हुन गएको बेला फिर्ता नपाइने अवस्था आउन सक्दछ। व्यक्तिगत कारोबारमा यस्ता समस्या धेरै देखिन सक्दछन्। पारिवारिक आयव्यय अर्थात् पैसाको कारोबारमा परिवारका सदस्य बीच एक अर्काप्रतिको सुझबुझ र विश्वास भएन भने परिवारमै आर्थिक मनमुटाव आउन सक्दछ। पैसाको कारोबार सहजै गर्न सकिने हुनाले ऐच्छिक अर्थात् रहरका खर्चहरू बढ्ने र बचतमा कमी आउने संभावना हुन्छ। गलत नियत भएका मानिसहरूले आफ्नो खाताबाट पैसा झिकिदिने ९ह्याक गर्ने० कारोबारको अंक बिगारी ठगी गर्ने जस्ता चुनौति यसका आउन सक्दछन्। यस्ता कुराहरूले गर्दा पैसाको डिजिटल कारोबारमा ढुक्क हुन पाउने अवस्था छैन, बरू यसका लागि केही सावधानीहरू अपनाउन भने अवश्य पर्छ।

पैसाको डिजिटल कारोबारको लागि एकपटक, एक दिन वा एक महिनामा कति कारोबार गर्न पाइन्छ भन्ने भन्ने बारेमा त्यसको सीमा पनि तोकिएका छन्। यस्तो कारोबारलाई व्यवस्थित गर्न वित्तीय बजारको अवस्थालाई विश्लेषण गरेर नेपाल राष्ट्र बैंकले बेला बेलामा आवश्यक सूचना तथा निर्देशनहरू जारी गरेको हुन्छ। त्यसैले कारोबार गर्नु अघि त्यस्ता सूचना तथा निर्देशनको बारेमा आवश्यक जानकारीहरू लिइरहनुपर्छ।

सामाजिक चिनजानका मान्छेको नाममा रकम माग गर्ने, कसैले फोन गरेर वा बैंकबाट फोन गरेको भनी इन्टरनेट अथवा मोबाइल बैंकिङ्को युजरनेम, पासवर्ड माग्ने, नक्कली वेभसाइट बनाइ ठगी गर्ने जस्ता कुराबाट बच्न विशेष ध्यान दिनुपर्छ। एस्।एम्।एस्। मार्फत ठूलो रकमको चिठ्ठा परेको भनी लोभ देखाइ उक्त चिठ्ठा रकम हस्तान्तरण गर्ने बहानामा रकम माग गर्नेजस्ता काम पनि हुने भएकाले त्यसमा सजग हुनुपर्छ। अनावश्यक, अनधिकृत एपहरू आफ्नो मोबाइलमा डाउनलोड गर्नुहुँदैन। कसैले रकम भुक्तानी गर्ने बहानामा क्यूआर कोड पठाएको वा एपको पासवर्ड आवश्यक छ भनेर म्यासेज गरेको भए त्यसलाई शंकास्पद रूपमा लिनुपर्छ किनभने रकम भुक्तानी लिन त्यस्तो कोड र पासवर्ड आवश्यक हुँदैन।

पैसाको डिजिटल कारोबारमा केही जोखिमहरू पनि आउन सक्ने भएकोले त्यसमा सहभागी हुँदा आवश्यक केही कुराहरूमा ध्यान दिनु तथा सावधानी अपनाउनु अनिवार्य छ। यस सम्बन्धमा नेपाल राष्ट्र बैंकले सूचना जारी गरेको छ। जस अनुसार अपरिचित र आफूलाई विश्वास नभएको व्यक्तिलाई कुनै पनि माध्यमबाट आफ्नो गोप्य पासवर्ड वा ओटिपी (पैसाको विद्युतीय कारोबारका लागि बैंक, वित्तीय संस्थाले दिने गोप्य पासवर्ड) जानकारी गराउन हुँदैन। पैसाको कारोबार गर्न प्रयोग हुने एपमा प्रयोग हुने पासवर्ड बेला बेलामा परिवर्तन गरिरहनुपर्छ। सामाजिक चिनजानका मान्छेको नाममा रकम माग गर्ने, कसैले फोन गरेर वा बैंकबाट फोन गरेको भनी इन्टरनेट अथवा मोबाइल बैंकिङ्को युजरनेम, पासवर्ड माग्ने, नक्कली वेभसाइट बनाइ ठगी गर्ने जस्ता कुराबाट बच्न विशेष ध्यान दिनुपर्छ। एस्एम्एस् मार्फत ठूलो रकमको चिठ्ठा परेको भनी लोभ देखाइ उक्त चिठ्ठा रकम हस्तान्तरण गर्ने बहानामा रकम माग गर्नेजस्ता काम पनि हुने भएकाले त्यसमा सजग हुनुपर्छ। अनावश्यक, अनधिकृत एपहरू आफ्नो मोबाइलमा डाउनलोड गर्नुहुँदैन। कसैले रकम भुक्तानी गर्ने बहानामा क्यूआर कोड पठाएको वा एपको पासवर्ड आवश्यक छ भनेर म्यासेज गरेको भए त्यसलाई शंकास्पद रूपमा लिनुपर्छ किनभने रकम भुक्तानी लिन त्यस्तो कोड र पासवर्ड आवश्यक हुँदैन। वेभसाइट मार्फत विद्युतीय कारोबार गर्नु अगाडि त्यो वेभसाइट आधिकारिक हो होइन राम्ररी बुझ्नुपर्छ। सामाजिक सञ्जाल वा कुनै विद्युतीय माध्यमबाट म्यासेज पठाइ रकम पठाउन आग्रह गरेमा रकम पठाउनुअघि सोही व्यक्तिले रकम माग गरे नगरेको ब्यहोरा अन्य माध्यमबाट यकीन गरेर मात्र रकम पठाउनु पर्छ।

पैसाको विद्युतीय कारोबार सम्बन्धमा माथि उल्लेख भएका र अन्य कुनै त्यस्तै कुरामा आफू ठगिएको शङ्का लागेमा अथवा कुनै गुनासो रहेमा आफूले कारोबार गर्ने गरेको बैंक तथा वित्तीय संस्थामा आफ्नो समस्याको बारेमा जानकारी गराउन, गुनासो वा उजुरी दर्ता गर्न सकिन्छ। साथै नेपाल राष्ट्र बैंकबाट बेला बेलामा विभिन्न वित्तीय सूचना तथा निर्देशनहरू जरी भइरहने हुनाले त्यसप्रति चासो राख्ने र अद्यावधिक भैरहने बानीले पैसाको विद्युतीय कारोबारबाट ठगिन वा दुःख पाउनबाट बच्न सकिन्छ।

विद्युतीय कारोबार समयको माग भइसकेको छ, अतः यसको बारेमा आवश्यक ज्ञान, सीप हासिल गर्न र यसको उचित प्रयोग गरी आफ्नो पैसाको कारोबारलाई सजिलो बनाउन सबैको लागि अनिवार्य भएको छ।

 

-श्रोत :आइएनएस-स्वतन्त्र समाचार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?