Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

देशको भविष्यलाई उज्वल बनाउन योग्य व्यक्ति छानौँः प्रकाशमान सिंह

हिमालय टाइम्स
Read Time = 3 mins
A A- A+

काठमाण्डौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले देशको भविष्यलाई उज्वल बनाउनका लागि मतदाताले योग्य व्यक्तिको चयन गर्नुपर्ने बताउनुभएको छ ।

बिहीवार नेपाली काँग्रेसका संस्थापक नेता स्व.गणेशमान सिंहको १०८ औं जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आसन्न मंसिर ४ गतेको निर्वाचनमा जनताले चुनेर पठाएका प्रतिनिधिहरुले संविधान सभाबाट जारी भएको संविधानलाई रक्षा गर्ने, संस्थागत गर्ने र प्रगतिको पथमा अघि बढ्नुपर्नेमा जोड दिन आवश्यक रहेको बताउनु भयो ।

उहाँले काँग्रेसले नेतृत्व गरेको लोकतान्त्रिक वाम गठबन्धनले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा जित निकालेर देशको विकासमा लाग्ने बताउनु भयो । उहाँले आसन्न निर्वाचनमा सबै मतदाताले आफ्नो मतदानको अधिकारलाई सदुपयोग गर्नपनि आग्रह गर्नुभयो ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवारसमेत रहनुभएका नेता सिंहले समावेशिता र लोकतन्त्रलाई मजबुत गर्न गठबन्धन लाग्ने बताउनु भयो । उहाँले संघर्षबाट प्राप्त गरेको अधिकारलाई सुनिश्चित र सुरक्षित गर्दै आगामी दिनमा विकासका काम अघि बढाउनु नै गणेशमान सिंहप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आगामी मंसिर ४ गतेको निर्वाचन जनताले चुनेर पठाएका प्रतिनिधिहरुले संविधान सभाबाट जारी भएको संविधानलाई रक्षा गर्ने, संस्थागत गर्ने र प्रगतिको पथमा अघि बढ्न चाहेका छौँ । काँग्रेसले नेतृत्व गरेको लोकतान्त्रिक वाम गठबन्धनले चुनावी मैदानमा हामी छौँ त्यसको नतिजाले देखाउँछ । सबैले मतदान गर्न अनुरोध गर्दछु । भविष्यको भलाइको लागि चुन्नुपर्छ । मताधिकारको सदुपयोग गरौँ ।’

नेता सिंहले कार्यक्रममा गणेशमान सिंहले गरेका कामहरुको चर्चा गरी आजको दिनमा पनि उहाँका कामहरुलाई व्यवहारमा उतार्न आवश्यक्ता रहेको बताउनु भयो । काँग्रेस संस्थापक नेता सिंहको आज विभिन्न कार्यक्रम गरेर देशभर १०८ औं जन्मजयन्ती मनाइँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?