राखी सावन्त र वकिलविरुद्ध एफआईआर दर्ता

Read Time = 2 mins

मुम्बई । बलिउडकी विवादास्पद कलाकार राखी सावन्त र उनका वकिलविरुद्ध एफआईआर दर्ता भएको छ । राखी र वकिल फाल्गुनी ब्रह्मभट्टविरुद्ध अभिनेत्री शर्लिन चोपडाले गम्भीर आरोप लगाउँदै एफआईआर दर्ता गराएकी हुन् ।

शर्लिनले राखी र वकिलविरुद्ध अपमानजनक भाषाको प्रयोग गरेको भन्दै एफआईआर दर्ता गराएकी हुन् । मुम्बई प्रहरीका अनुसार दुईविरुद्ध आईपीसी र आईटी एक्टको विभिन्न शाखाअनुसार मामला दर्ता गरिएको हो । एक पत्रकार सम्मेलनमा राखी र उनका वकिलले एक आपत्तिजनक भिडियो देखाएर आफूमाथि आपत्तिजनक भाषाको प्रयोग गरेको शर्लिनको आरोप छ ।

शर्लिनले मीटूको आरोपी साजिद खानले बिग बोसमा प्रवेश पाएको विषयलाई लिएर आपत्ति जनाएपछि राखीसँग उनको विवाद चुलिएको थियो । राखी साजिदको समर्थक हुन् । उनले साजिदको पक्षमा बोल्दै शर्लिनको विरोध गरेकी थिइन् ।

राखीले शर्लिनलाई ‘पोर्नस्टार’ बताउँदै दिनदिनै जोकोहीलाई आरोप लगाउने काम शर्लिनले गरेको दाबी गरेकी थिइन् । यता शर्लिनले भने राखीलाई प्रेमी र पति बदल्ने महिला भन्दै आरोप लगाएकी थिइन् । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?