देशको समृद्धिका लागि पर्यटन विश्वविद्यालय आवश्यकः बलबहादुर केसी

हिमालय टाइम्स
Read Time = 2 mins

सोलुखुम्बु । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री बलबहादुर केसीले देशको समृद्धिका लागि पर्यटन विश्वविद्यालयको अवधारणा ल्याउनुभएकाे छ ।

सोलुखुम्बुबाट सत्तारुढ गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहनुभएका उहाँले पर्यटनको क्षेत्रबाट नेपालले आर्थिक उन्नति गर्न सक्ने भन्दै पर्यटन विश्वविद्यालयको अवधारणा ल्याएका हुन् ।

सगरमाथासमेत रहेको सोलुखुम्बुको पर्यटनको क्षेत्रमा निकै काम गरेको बताउने उहाँले सोलुखुम्बुसहित समग्र देशकै समृद्धिका लागि पर्यटन विश्वविद्यालय, प्राविधिक शिक्षालय, एकघर एक रोजगारको अवधारणा ल्याउनु भएकाे हाे ।

सगरमाथा जान बनेको तल्लो बाटोले पर्यटन विकासको क्षेत्रमा छलाङ मारेको उहाँको भनाइ छ । चुनावी प्रचारप्रसारका क्रममा मतदातासँग उहाँले सोलुको पर्यटन क्षेत्रको विकासका लागि आफू सक्रिय रहँदै आएको र बाँकी काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयाे ।

यसैबीच,  ४० जनाभन्दा बढी एमालेका नेताहरु पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन् । जिल्ला कमिटी सदस्यसमेत रहेका माप्य दुधकोसी गाउँपालिका इन्चार्जसमेत रहेका पूर्व वडा अध्यक्ष नारायणकाजी कार्कीसहित ४० जनाभन्दा बढी एमाले नेता कांग्रेस प्रवेश गरेका हुन् । उनीहरुलाई पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार बलबहादुर केसीले स्वागत गर्दै कांग्रेसमा भित्र्याउनु भएकाे थियाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?