विकास हेर्ने हो भने रुपन्देही क्षेत्र नं ५ मा आउन भरत शाहको आग्रह

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 7 mins

रुपन्देही । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ५ का प्रतिनिधि सभाका उम्मेदवार भरतकुमार शाहले विगत २५ बर्षदेखि आफ्ुनो ध्यान विकासमा केन्द्रित भएको बताउँदै विकास हेर्ने हो भने रुपन्देही क्षेत्र नं ५ मा आउनुपर्ने बताउनु भएको छ ।

शाहले आफ्नो नेतृत्वमा भएको विकासले देशैभरी चर्चा पाउने गरेको बताउँदै अव पनि अरु धेरै विकासका काम गर्न र आफूले सुरु गरेको अधुरा काम पूरा गर्न आफ्नो उम्मेदवारी रहेको प्रष्ट गर्नुभयो ।

आज निर्वाचन क्षेत्र नंं ५ का विभिन्न स्थानमा आयोजित कोणसभा, घरदैलो लगायतका विभिन्न कार्यक्रमलाई सम्वोधन गर्दै शाहले लामो संघर्षपछि राजनैतिक मुद्दा किनारा लगाएकोले अव आर्थिक विकास गर्ने समय आएको भन्दै आफू अव निर्वाचित भएर गएपछि रुपन्देही क्षेत्र नं ५ मा रहेका अधुरा विकासका काम सम्पन्न गर्ने प्रतिवद्धता जनाउनु भयो ।

उम्मेदवार शाहले आफूले यस क्षेत्रमा गरेको विकास यहाँका मतदाताले देखिसकेको भन्दै अव जितेर गएपछि पनि विकासकै काम गर्ने भएकोले रुख चिन्हमा मतदान गरेर विजयी वनाउन आग्रह गर्नुभयो ।

जनताले कांग्रेसलाई बहुमत दिएर विजयी वनाए सुकुम्वासी समस्या समाधान गर्ने प्रतिवद्धता जनाउँदै नेता शाहले अहिलेको आफ्नो उम्मेदवारी पनि सुकुम्वासी समस्या समाधानतर्फ केन्द्रित रहने उल्लेख गर्नुभयो । शाहकै अग्रसरता र नेतृत्वमा कञ्चन बाँध १२ करोड ७६ लाख २८ हजार ६ सय ५५ रुपैयाको लागतमा आयोजनाको निर्माण सम्पन्न भएको छ। उक्त आयोजनाको तीन महिनाअघि शाहले नै उदघाटन गर्नुभएको थियो । अहिले आयोजनाबाट गैडहवा गाउँपालिकामा रहेको गैडहवा तालमा पानी पु¥याउने र त्यहाँबाट सिंचाई योजनाहरु संचालन गर्ने आयोजनाको मूख्य उद्देश्य पूरा भएको छ ।

अहिले उक्त आयोजनाको पहिलो फेजको काम सम्पन्न भएको र बाकी काम सम्पन्न गर्नको लागि भरत शाहलाईनै यस पटक बिजयी बनाउनु पर्ने स्थानियहरुको भनाई रहेको छ ।

उक्त आयोजनाको दोस्रो फेजको काम सम्पन्न भए पश्चात गैडहवा, लुम्विनी र कन्चन र मायादेवी गाउँपालिकाका हजारौं कृषकको खेतमा सिंचाईको सुविधा उपलब्ध हुनेछ ।

शाहले आफ्नो क्षेत्रमा धेरै पुल र सडकहरु बनाएको स्मरण गर्दै तराईमा सिंचाईको अभावका कारण खेतहरु बाँझो भैरहेकोले आफूले धेरै मेहनत र प्रयास गरेर बजेट पार्न सफल भएको र आयोजना उदघाटनपछि सञ्चालन भएको सुन्दा खुसी लागेको बताउनु भयो ।

सिंचाईको अभावमा आकासको भरमा खेती गर्न बाध्य क्षेत्र नं. ५ का स्थानीय जनताका लागि कञ्चन बाँध बरदान सावित भएको छ । शाहले भन्नुभयो– विकासमा सधै अगाडी रहेको रुपन्देही ५ अव कृषिमा सिंचाईको सम्मृद्धिले झनै अब्बल बन्नेछ ।

उहाँले रुपन्देही क्षेत्र नं ५ क मा गठबन्धनका तर्फबाट नेकपा माओवादीका प्रदेश सभाका उम्मेदवार विनोद पहाडी र फकरुद्दीन खानलाई भोट दिएर विजय वनाउन आग्रह गर्दै गठबन्धन विजयी भए यहाँको सुकुम्वासी समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले आफू विजयी भएर गएपछि पनि यहीँका जनताको दुःख सुखमा समर्पित हुने र जनताकै काममा लागिपर्ने उदघोष गर्नुभयाे । उहाँले यो क्षेत्रमा जनताको स्वास्थ्य सुविधालाई ध्यान दिएर सुविधा सम्पन्न अस्पताल बनाउने बताउँदै क्षेत्र नं ५ लाई नमुना क्षेत्रको रुपमा विकास गरिने समेत दावी गर्नुभयो ।

उहाँले लामो प्रयासपछि कञ्चन सिचाँई बाधको योजना पूरा भएको र उदघाटन समेत आफूले गरेको स्मरण गर्दै यसबाट यस क्षेत्रमा कृषि उत्पादन बढि किसानको आय श्रोतमा समेत बृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले क्षेत्र नं ५ नेपालकै सम्भावनायुक्त क्षेत्र भएको बताउनु हुँदै यहाँको कृषि क्षेत्रको विकासका लागि अव गर्नुपर्ने बाटो, पुल, कल्भर्ट र सिंचाईका लागि पहल गर्ने र बजेट पारेरै छाड्ने दृढता व्यक्त गर्नुभयो ।

त्यस्तै कार्यक्रममा गठबन्धनका तर्फबाट रुपन्देही क्षेत्र नं ५ क का उम्मेद्वार नेकपा माओवादीका विनोद पहाडीले संविधानको रक्षा र देश विकासका लागि गठबन्धनका उम्मेदवारको जीत सुनिश्चित भैसकेको बताउनु भयो ।

पहाडीले नेकपा एमालेका उम्मेदवारहरु पराजित हुने हतास मनस्थितिमा पुगेको उल्लेख गर्दै अव गठबन्धनको जीतलाई कसैले रोक्न नसक्ने जिकिर गर्नुभयो । उक्त क्षेत्रमा एमालेका तर्फबाट तिलोत्तमा नगरपालिका पुर्ब मेयर बासुदेब घिमिरे प्रतिस्पर्धामा रहनुभएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?