नेपालगञ्जमा स्वतन्त्र उम्मेदवारको भारतीय गाडीसहितको चुनावी र्‍याली

फाइल तस्वीर

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 2 mins

बाँके । पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र निर्वाचन लडेका बाँकेका एक उम्मेदवारले जेसिभिमा आफु सवार हुँदै चुनाव प्रचार रयालीमा भारतीय नम्बर प्लेटका गाडीहरु सहित चुनावी प्रदर्शन गरेका छन् ।

जनमत पार्टीका नेता इरफान अहमद शेषले पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । बाँके क्षेत्र न २ बाट प्रतिनिधि सभाका लागी निर्वाचन लड्नुभएका शेषले चुनाव प्रचार प्रसार गर्ने क्रममा जेसिभिको अगाडिको भागमा आफु हात जोडेर भोट माग्दै तथा दर्जन भन्दा वढी भारतीय नम्वर प्लेटका गाडि सहित सयौको सख्यामा कार्यकर्ताको साथमा नेपालगञ्ज बजारमा चुनावी र्‍याली गर्नुभएको हो । गाँउ गाँउबाट आएका किसानहरु चुनावी र्‍यालीमा सहभागी भएका थिए । शेषले निर्वाचन आयोगलाई चुनौति दिदै दर्जनौ भारतीय गाडिको प्रर्दशन गर्दै रयाली निकाल्नुभको हो ।

जनमत पार्टीबाट बाबु खाँले टिकट पाउनु भएको छ । उम्मेदवारहरुले प्राय जसो भारतीय सीमा क्षेत्रमा भारतीय गाडि प्रयोग गरेको देखिएपनि बजारमै यसरी खुल्लम खुल्ला प्रदर्शन गरिएको पहिलो पटक भएको स्थानीय सुशिल गुप्ताले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?